६० जनालाई ‘कलाकारको परिचयपत्र’ (पाउनेका सुचिसहित)
screennepal
प्रकाशित: २०७५, १५ भाद्र शुक्रबार
no img

काठमाडौं १४ । देशका ६० जना कलाकारलाई सरकारले कलाकारको परिचयपत्र प्रदान गरेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालको संगीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई परिचयपत्र प्रदान गरेको हो । सरकारले कलाकारलाई यसरी पहिलोपटक कलाकारको परिचयपत्र प्रदान गरको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति तथा परिचयपत्र वितरण समितिका संयोजक शम्भुजीत बासकोटालगायत प्रतिष्ठानका परिषद् सदस्य, सभा सदस्य र अग्रज प्रतिष्ठित कलाकर्मीहरुको सहभागितामा परिचयपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले श्रष्टा तथा कलाकार परिचयपत्र कलाकारहरुको एउटा परिचयात्मक प्रतिक भएको बताए । उनले परिचयले कलाकारलाई पहिचान गराउनुका साथै विभिन्न स्थानमा परिचय प्रदान गर्नका लागि सहज हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले साहित्य, कला, संीत र नाट्य मौलाएको देश मात्र खुशी हुने बताउँदै भने, ‘यी विधाहरुको विकासले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहयोग पु¥याउने छ ।’ उनले रोयल्टी र परिचय पत्रका विषयमा पहिलेदेखि नैं पहल गरिरहेको जानकारी गराउँदै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले श्रष्टा तथा कलाकार परिचयपत्र वितरण गर्ने कार्य गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले कलाकारलाई सुविधा उपलव्ध गराउनेमा प्रज्ञा प्रतिष्ठान प्रयन्नरत रहेको बताए । कुलपति सरुभक्तले श्रष्टा तथा कलाकारहरुको आफ्नो सिर्जना नै पहिचान रहेको र राज्यले प्रदान गर्ने श्रष्टा तथा कलाकार परिचय पत्रले थप पहिचान पु¥याउनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा मन्त्री रविन्द्र अधिकारी, कुलपति भक्त श्रेष्ठ(सरुभक्त), उपकुलपति शम्भूजीत बासकोटाले सँयूक्त रुपमा श्रष्टा तथा कलाकार परिचय पत्र वितरण गरेका थिए । कार्यक्रममा प्राज्ञ आलोक श्री, प्राज्ञ भरत नेपाली, प्राज्ञ चेत नारायण राई, प्राज्ञ सकुन्तला प्रधान, प्राज्ञ हरि बहादुर थापा, प्राज्ञ शान्तिराम राई, प्राज्ञ यज्ञराज उपाध्यय, बाबा बस्नेत, बसन्त प्रसाद भट्ट, विश्व बल्लभ, सि.के रसाइली, चुणामणी देवकोटा, कुन्ती मोक्तान, ईश्वर अमात्य, मिलन मोक्तान, नन्दकृष्ण जोशी, नारायण कुमार आचार्य, नारायण रायमाझी, शम्भु राई, शिला बहादुर मोक्तान, उज्ज्वल शर्मा भण्डारी, विजय विष्फोट, लक्ष्मी श्रेष्ठ, मदनसिंह नेपाली, प्रेमनाथ अधिकारी, शुभबहादुर सुनाम, श्याम प्रसाद खडकी, सिन्धु जलेसा बुढाथोकी, सुनिल मास्के, योगेन्द्रमणी दाहाल लगायतका ६० जना प्रतिष्ठित श्रेणीका कलाकाहरुलाई परिचय प्रदान गरिएको थियो ।

Comments