यस्तो छ ‘शिरफूल’को ट्रेलर र पोस्टर (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७५, २३ श्रावण बुधबार
no img

नेपाली फिल्म ‘शिरफूल’को प्रमोशनल सामग्री ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।
नाइस मिडिया नेटवर्क र मगर क्रिएसन प्रालिको संयुक्त प्रस्तुती रहेको ‘शिरफूल’को सार्वजनिक ट्रेलर दुई मिनेट ३५ सेकेन्ड लामो छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन–सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक देखाइएको छ ।
यस फिल्मलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो । फिल्ममारुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगरलगायतका कलाकारको अभिनय रहेको छ ।

यसअघि फिल्मको ‘आज किन’ र ‘शिरफूल’ बोलको गीत सार्वजनिक गरिसकिएको छ । फिल्ममा समावेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ ।
फिल्मका गीतमा अर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको स्वर रहेको छ । यस फिल्मलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका छन् । यो फिल्म आउँदो २१ मंसिरमा प्रदर्शन मिति तय गरिएको निर्देशक कलमले बताए । आशिर्वाद पुन मगरको निर्माण रहेको यो फिल्म नेपाललगायत १६ वटा देशका मुख्य सहरमा पनि प्रदर्शन हुने निश्चित भएको निर्माणपक्षले जनाएको छ ।

Comments