यसर कारण ‘मिस्टर भर्जिन’को मोफसल टुर !
screennepal
प्रकाशित: २०७५, २० श्रावण आईतवार
no img

फिल्म ‘मिस्टर भर्जिन’को रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यही क्रममा फिल्म युनिटले मोफसल टुर गर्ने भएको छ । मोफसल टुर आइतबार पोखराबाट सुरु हुँदैछ । पोखरास्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलाकारसहित सांगीतिक कार्यक्रम हुने निर्माण टिमले जनाएको छ ।

टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने र मनोरञ्जनसहित फिल्मबारे जानकारी दिने योजना टिमको रहेको छ । टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झासहित अन्य गायक गायिका पनि सहभागी हुनेछन् । नेपालीहरुको लागि फिल्मको कथाबस्तु निकै नौलो रहेकाले पनि जनमानससम्म पुर्याउनका टुर आवश्यक रहेको निर्देशक बिशारद बस्नेतले बताए ।
पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा र त्यस पस्चात क्रमश धरान, बिर्तामोड, दमकपछी चलचित्र टिम काठमाडौं आइपुग्नेछ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।
चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ’मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।

 

Comments