मृगौलापीडित निर्देशक किशोर रानालाई आर्थिक सहयोग
screennepal
प्रकाशित: २०७५, १४ श्रावण सोमबार
no img

फिल्म निर्देश्क किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा संकलित रकम उनकी पत्त्नी गायिका संगीता प्रधानलाई हस्तान्तरण गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच सुमधुर साँझद्वारा संकलित रकम ४ लाख ५ हजार ५ सय ५१ रुपैयाँ गायिका प्रधानलाई हस्तान्तरण गरिएको हो ।
गत १८ असारमा काठमाडौँको आर्मी अफिर्स क्लबमा भएको बरिष्ठ नेपाली चलचित्र निर्देशक किशोर राना सहयोगार्थ सुमधुर साँझद्वारा उक्त रकम संककल गरिएको हो ।
चलचित्र परिवर्तनको छायांकनको क्रममा रानाको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणको क्रममा दुवै मृगौलामा खराबी देखिएपछि निर्देशक रानाको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउन गायिका सुनिता प्रधान, सीमा शाह, गायक सपन श्रेष्ठ, विश्व नेपाली, उदेश श्रेष्ठ र सञ्चारकर्मी मन्दिरालगायतको पहलमा निर्देशक किशोर राना सहयोगार्थ सुमधुर साँझ गरिएको थियो ।
उक्त सुमधुर साँझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ती मोक्तान, बिमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सीमा शाहलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
चलचित्र कान्छी, सिमारेखा, घुम्टो, राँको, एक नम्वरको पाखे, बन्धकी, करोडपतिलगायत १८ भन्दा बढी नेपाली चलचित्र निर्देशन गरेका किशोर राना बलिउडमा समेत काम गरेका व्यक्ति हुन् । उनको स्वास्थ्यमा सधार आउँदै गरेको उनकी पत्नी तथा गायिका संगीताले बताइन् ।

 

Comments