मृगौलापीडित सीतालाई कोरियाबाट आर्थिक सहयोग
screennepal
प्रकाशित: २०७५, ७ श्रावण सोमबार
no img

मृगौलापीडित सीता यक्सो नेयोङलाई उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ६ की सीताको केही समययता दुवै मृगौलाले काम गर्न छाडेपछि हाल उपचारत छिन् ।
मृगौलापीडित सीताको मृगौला प्रत्यारोपण गर्न कोरियामा कार्यरत नेयाङ दाजुभाई तथा विभिन्न व्यक्तिबाट एक लाख रुपैयाँ सहयोगस्वरुप प्रदान गरेका हुन् । उक्त सहयोग रकम नेयोङ समाज काठमाडौंमार्फत याक्थुङ हाक्पारे पालाम सयङले राजधानीमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
साथै, पीडित सीताको उपचारमा आर्थिक सहयोग जुटाउन याक्थुङ हाक्पारे पालाम सयङको २६ साउनमा ललितपुरस्थित चुम्लुङ हिममा ‘बृहत साँस्कृतिक कार्यक्रम’ गर्ने भएको छ । सयङका महासचिव शैलेन्द्र थेबेका अनुसार उक्त कार्यक्रममा राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहने भएको छ । सयङले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष रुपा आङबुहाङले बताइन् ।

Comments