श्वेता किन अमेरिका जान लागिन् ?
screennepal
प्रकाशित: २०७५, २९ असार शुक्रबार
no img

काठमाडौं । फिल्म ‘कान्छी’ रिलिज यता अभिनेत्री श्वेता खड्का मौन छिन् । उनी के गर्दैछिन् त ? भन्ने धेरैलाई लाग्ला । तर, उनी मौन छैनन् । यसबीचमा श्वेताले अमेरिका जाने योजना बनाएकी छन् ।
श्वेता आफ्नो पछिल्लो फिल्म ‘कान्छी’ लिएर अमेरिका जान लागेकी छन् । उनका अनुसार ‘कान्छी’ अमेरिकाको बोस्टन सहरमा ६ अगष्टबाट प्रदर्शन हुने भएको छ ।
श्वेता निर्मित ‘कान्छी’ले नेपालमा आंशिक व्यापार गरेको थियो । आकाश अधिकारीद्वारा निर्देशित यस फिल्ममा श्वेता र दयाहाङ राईका अलावा कामेश्वर चौरासिया, आशान्त शर्मा, अनु शाह, प्रज्वल सुजर गिरी, भूमिका श्रेष्ठलगायत रहेका छन ।

Comments