‘स्पाइडर मेन’ परिकल्पनाकार स्टीभको मृत्यु
screennepal
प्रकाशित: २०७५, २४ असार आईतवार
no img

हलिउड फिल्म ‘स्पाइडर मेन’को परिकल्पनाकार स्टीभ डिट्को रहस्यमय निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार स्टीभको दुई दिनअघि आफ्नै निवासमा मृत भेटिएका थिए । उनी ९० वर्षका थिए ।
सन् १९६० मा मार्वल कमिक्स र स्टैन लीसँग मिलेर स्टीभले ‘स्पाइडर मेन’ को कन्सेप्ट बनाएका थिए । प्रहरीका अनुसार स्टीभ आफ्नो घरमा बेहोस अवस्थामा भेटिएका थिए । तर, उनलाई अस्पताल लाँदा डाक्टरले मृत घोषित गरेका थिए । स्टीभले स्पाइडर मेनका अलावा डार्ककक्टर : ट्रेन्जको क्यारेक्टरको समेत परिकल्पना गरेका थिए । जसलाई उनले हलिउड फिल्म उद्योगमा सधै स्मरणीय बनाएका थिए ।
न्यूयोर्क पुलिस डिपार्टमेन्टका स्टीभको मृत्युबारे जब जानकारी भयो, तब उनको मृत्यु दुई दिनअघि नै भएको थियो । पछिल्लो समय मेन्हट्टस्थित आफ्नो स्टुडियोमा स्टीभ मृत क्यारेक्टरको लुक डिजाइन गरिरहेका थिए । उनको पूरा नाम स्टिफन जे. डिटको हो । उनको जन्म जोन्सटाउन पेन्सिल्वानियामा २ नोभेम्वर १९२७ मा भएको थियो । उनको निधनलाई रहस्मय समेत भनेका छन् ।
स्टीभलाई स्पाइडर मेन, डा. स्ट्रेन्ज, क्रीपर, ह्याक एण्ड डब, मिस्टर ए, क्वेश्चन, क्याप्टेन एटम, ब्लू बिटल, डाक्टर अक्टोपस, जैकाल, क्राइम मास्टर, मास्टर खान जस्ता कमिक क्यारेक्टरले सधै स्रमण गराइरहनेछ ।

 

Comments