हिरो नाफामा, वितरक घाटामा !
screennepal
प्रकाशित: २०७५, २१ असार बिहीबार
no img

बलिउड फिल्म उद्योगमा एक समय निर्माता र वितरकको बोलवाला थियो । तर, समय फेरिएको छ जबकि, अहिले आएर फिल्म उद्योगको असरली मालिक स्टारहरु भएका छन् । यसको पछिल्लो उदाहरण हो, फिल्म ‘रेस–३’ ।
‘रेस–३’बाट अभिनेता सलमान खान मालामाल भए । तर, उक्त फिल्मका निर्माता र वितरक भने कंगाल बनेका छन् । एक रिपोर्टका अनुसार ‘रेस–३’ ८० देखि १०० करोड बजेटमा बनेको थियो । यस फिल्ममा रमेश तौरानीले लगानी गरेका थिए । तर, फिल्मको कमाइबाट उनले २० करोड रुपैयाँ मात्र हात पारेका छन् ।
समाचारमा जनाइएअनुसार फिल्मबाट १२० करोड रुपैयाँ सलमानले लिए । यसका अलावा बचेको ७५ देखि ८० करोड रुपैयाँ वितरकले पाए । थिएटरबाट बचेको सलमान र रमेशले १२५ करोड रुपैयाँ राइट्स लिएका थिए । तैपनि घाटामा वितरक नै देखिए । वितरकलाई उक्त फिल्मबाट ५० करोड घाटा खाएका छन् । हुन त माथि नै घाटामा गएपछि सलमानले बोलेको रकम अहिलेसम्म पाएका छैनन् । यसका कारण सलमानको आगामी फिल्म ‘लाइन अप’ छ । ‘भारत’ र ‘दबंग–३’बाट उनले ‘रेस–३’मा लागेको घाटालाई मेन्टेन्स गर्दैछन् । ‘रेस–३’मा सलमानले पैसा लगाएको बताइए पनि त्यो सत्य नभएको बताइएको छ ।
फिल्मको जम्मा कमाइबाट रमेश तौरानीले २० करोड रुपैयाँ पाए । उनी ‘रेस–३’को मुख्य लगानीकर्ता हुन् । तर, उनले फिल्म निर्माणका लागि क्यास भने हालेका थिएनन् । भनिन्छ, उनले आफ्नो कम्पनीको ब्राण्ड नाम दिएका थिए ।
‘रेस–३’ले थिएटरबाट १६० करोडभन्दा माथि कलेक्शन गरेको थियो । त्यस्तै, इन्टरनेट प्लेटफर्म, स्याटलाइट राइट्स र म्युजिकमार्फत फिल्मले ८० देखि १०० करोडसम्म कमाइ गरेको थियो । यससँगै फिल्मको जम्मा कमाइ २६०–६५ करोडसम्म पुगेको थियो । तर, आँकलन भने ३२५ करोडको गरिएको थियो । फिल्मले आँकलन गरेजस्तै कमाइ गरेको भए सलमानका अलावा विरतकलाई पनि फाइदै हुनेथियो ।

Comments