अभिनेत्री सोनालीलाई ‘हाई ग्रेड क्यान्सर’
screennepal
प्रकाशित: २०७५, २० असार बुधबार
no img

बलिउड अभिनेत्री सोनाली बेन्द्रे हिजोआज क्यान्सरजस्तै गम्भीर रोगसँग जुधिरहेकी छन् । सोनालीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक स्टाटस पोस्ट गर्दै आफू विमारी रहेको बारे जानकारी गराएकी हुन् ।
सोनालीका अनुसार उनी हाल ‘हाई ग्रेड क्यान्सर’सँग जुधिरहेकी छन् । उनले लेखेकी छन्, ‘मलाई परिवार र नजिकका साथीले ध्यान दिइरहेका छन् ।’ सोनालीले हाल आफू न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेको जनाएकी छन् ।


सोनालीले इन्स्टा पोस्टमा विमारीबारे लेखेकी छन्, ‘कहिलेकहिँ तपाइँको जीन्दगीले पनि अचानक मोड लिन्छ । त्यस्तै अहिले मलाई हाई ग्रेड क्यान्सर भएको छ । जसबारे यसअघि हामीलाई थाहा थिएन । जब चेकअपपछि मात्र यस्तो रिपोर्ट थाहा भयो । यस्तो होला भनेर मैले सोचेकी पनि थिइनँ । अहिले मेरो परिवार मेरा साथी हर समय मसँगै छन् । म उहाँहरुप्रति आभारी छु ।’


उनले आफ्नो डाक्टरको सल्लाहअनुसार न्युयोर्कमा उपचार गराइरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘म सकारात्मक छु र हरेक कदममा लड्न तयार छु ।’ विमारी हुँदा सबैबाट साथ माया पाएकामा उनले खुसी हुँदै भनेकी छन्, ‘मलाई जो– जसले सहयोग र माया गरेका छन् । म उनीहरुप्रति सदैव आभारी छु ।’ उनले आफ्नो पोष्टमा आफ्नो विमारीसँग लड्न तयारी रहेको पनि बताएकी छन् ।

Comments