अभिनेता अनमोल केसी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा चर्चामा छन् । उनी चर्चासँगै बिmकाउ कलाकार समेत भएका छन् । यिनै अभिनेता अनमोल एक कम्पनीको ब्राण्ड एम्बेस्डर बनेका छन् । आनमोल ‘क्याप्स’ नामक कम्पनीको ब्राण्ड एम्बेस्डर बनेका हुन् ।
अनमोलले ‘क्याप्स’ ब्राण्डको लुगाको एम्बेस्डर बन्दा महँगो पारिश्रमिक लिएको छन् । नेपालका लागि एक बर्षलाई ब्राण्ड एम्बेस्डर बनेका अनमोलले १५ लाख बढी पारिश्रमिक लिएको बताइएको छ । कम्पनिले भने अनमोललाई कति पारिश्रमिक दिएको भन्नेबारे खुलाएको छैन । तर, १५ लाख नेपाली कुनै पनि सेलिब्रेटीले हालसम्म ब्राण्ड एम्बेस्डर बन्दा लिएका छैनन् ।
फिल्म ‘क्याप्टेन’को सुटिङमै पुगेर शनिबारमात्रै ‘क्याप्स’को तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
गौतमले पछिल्लो क्रमको अग्रप्रक्तिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए ।
पछिल्लोपटक बजारमा आएको छोटो समयमै लोकप्रिय बनिसकेको नेपाली ब्राण्ड ‘क्याप्स’ले काठमाडौंसहित नेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुरलगायत ५० बढी स्थानमा स्टोर सञ्चालनमा ल्याएको बजार प्रवन्धक दीपक नेपालीले बताए ।