ब्रेकविनाको सलमानको ‘रेस–३’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १ असार शुक्रबार
no img

बलिउड अभिनेता सलमान खानको पछिल्लो महत्वकांक्षी फिल्म ‘रेस–३’ सिनेमा हलमा लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको ‘रेस–३’को ‘रेस’ खाशै अगाडि बढ्ला जस्तो छैन किनकि, अपेक्षा गरेजस्तो छैन फिल्म ।
यो सन् २००८ मा निर्देशक अब्बास मस्तानको फिल्म ‘रेस’ फ्रेन्चाइजी हो । त्यस्तै, २०१३ मा ‘रेस–२’ बन्यो । जसले बलिउड बक्स अफिसमा तहल्कै मच्याएको थियो । र, ‘रेस–३’ सलमानले महत्वका साथ बनाए । जसलाई रेमो डिसूजाले निर्देशन गरेका हुन् ।

‘रेस–३’ को कथासार
फिल्मको कथा गल्फ कन्ट्रीबाट सुरु हुन्छ । जहाँ शम्शेर सिंह (अनिल कपूर) आफ्नो दुई बच्चा सञ्जना (डेजी शाह) र सुरज (साकिब सलिम)का साथ बस्छन् । उनी हतियारको कारोबारी हुन्छन् । जहाँ उनको साथमा सौतेलो छोरा सिकन्दर (सलमान खान) पनि हुन्छ । सिकन्दरका साथी यश (बबी देओल) हुन्छन् । फिल्मको कथामा जब ट्विस्ट आउँछ, तब राणा (फ्रेडी दारुवाला)को इन्ट्री हुन्छ । जो शम्शेर सिंहको कारोबारलाई ध्वस्त बनाउन चाहन्छन् ।
फिल्मको कथामा जेसिका (जैकलिन फर्नाडिज) फरक भूमिकामा देखिएकी छन् । शम्सेर सिंहले गल्फ कन्ट्रीपछि ड्रग्स र हतियारको कारोबार इलाहबादमा पनि फैलाउन चाहन्छ । त्यसपछि के हुन्छ ? त्यो जान्नका लागि फिल्म हेर्नुहोला ।
बलिउड समीक्षकहरुले ‘रेस–३’को कथा र स्क्रीनप्लेलाई कमजोर बताएका छन् । उनीहरुले फिल्ममा कसैले पनि आफ्नो भूमिकालाई न्याय दिन नसकेका समेत जनाएका छन् ।
फिल्ममा न हिरो मजभूत छ, न त जबरर्जस्त भिलेन नै । लामो–लामो गीतले गर्दा फिल्म हेर्ने दर्शकलाई दिक्क बनाउँछ । यतिसम्म कि फिल्ममा एउटै गीतलाई दुईपटकसम्म देखाइन्छ । विशेषगरी फिल्मको कथा हतियार र ड्रग्सको कारोबारदेखि वेश्यावृत्तिमा लिप्त छ । फिल्म नामजस्तै ‘रेस’ छैन । जसले फिल्म हेर्दै जाँदा दर्शक निराश नहोलान् भन्न सकिन्न ।

फिल्ममा केही ठाउँमा भारतको उत्तर प्रदेशको भाषा प्रयोग गरिएको छ । जुन जबरर्जस्त देखिन्छ । फिल्ममा एक्शन र चेस सिक्वेन्स बढी लामो छ । तैपनि सलमान खानको डाइहार्ट फ्यान हो भने एकपटक हलमा गएर ‘रेस–३’ हेर्ने प्रयास गर्र्नुहोला ।
फिल्ममा सलमानका आलवा अनिल कपूर, बबी देओल, डेजी शाह, साकिब सलिम र जैकलिन फर्नाडिजको मुख्य अभिनय छ ।

Comments