करिश्मा भन्छिन्, ‘किस सीन’ मेरो लागि नर्मल’
screennepal
प्रकाशित: २०७५, २९ जेष्ठ मंगलवार
no img

बलिउड मोडल तथा अभिनेत्री करिश्मा तन्नाको चर्चा चुलिँदै गएको छ । जब एकता कपुरको ‘नागिन–३’ मा कास्ट गरे, तब करिश्मा अर्को सिरियल ‘कयामत की रात’ मा पनि देखिइन् । करिश्मालाई हिजोआज एकपछि अर्को फिल्ममा अफर आउन थालेको छ ।
साथै, करिश्मा सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’मा पनि देखिँदैछिन् । समाचारमा जनाइएअनुसार उनले ‘सञ्जू’मा माधुरी दीक्षितको रोल प्ले गर्दैछिन् । एक अन्तर्वातामा करिश्माले भनिन्, ‘मलाई पर्दामा किसिङ सिन गर्न कुनै गाह्रो छैन ।’
भारतको अंग्रेजी दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’लाई दिएको अन्तर्वातामा करिश्माले भनिन्, ‘अनस्क्रिन किसिङ सीन गर्न मेरो लागि ठूलो कुरा होइन । म त्यस्तो सिन सहजै गर्छु । तर, त्यो सिन स्क्रिप्टको डिमाण्ड हुनेपर्छ ।’ उनले कथाले मागेको जस्तोसुकै सिन पनि दिन तयार रहेको सुनाइन् ।
पत्रिकाले विवाहका बारेमा पनि प्रश्न गरेको छ । जवाफमा करिश्माले भनिन्, ‘अहिले नै विवाह मेरो सुचिमा छैन ।’ ‘नागिन–३’ मा करिश्माको भूमिकालाई दर्शकले रुचाएका छन् । उनलाई ‘नागिन’बाट दिनदिनै तारिफ पाइरहेकी छन् । ‘नागिन–३’ को मुख्य भूमिका भने अनिता हसनंदानीले गर्दैछिन् ।
करिश्मा फिल्म ‘सञ्जू’को आफ्नो भूमिकालाई लिएर एकदमै एक्साइटेड छिन् । उनले अन्तवार्तामा भनेकी छन्, ‘मेरो सपनाका निर्देशक राजकुमार हिरानीसँग काम गर्न पाउँदा एकदमै खुसी छु ।’ (एजेन्सी)

Comments