राजधानीमा ‘पढ्नलाई प्रेरणा’ नारासहित पुस्तक प्रदर्शनी
screennepal
प्रकाशित: २०७५, १८ जेष्ठ शुक्रबार
no img

‘पठन संस्कृतिको विकास गरौं’ भन्ने उद्देश्यले राजधानीमा २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा स्वदेश तथा विदेशका करीब ६० संस्थाको सहभागिता रहेको छ ।
ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले व्यवस्थापन गरेको प्रदर्शनीमा विभिन्न उमेर समूहका मानिसलाई लक्ष्य गरेर धर्म, राजनीति, साहित्य दर्शनलगायत विषयका पुस्तक समावेश गरिएको छ । यसपटकको नारा ‘पढ्नलाई प्रेरणा’ भन्ने रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदर्शनीको उद्घाटन गर्दै शिष्ट र सभ्य समाज निर्माणका लागि पठन संस्कृति निर्माण गर्नुपर्ने बताए । पूर्वराजदूत केदारभक्त माथेमाले विश्व समाजका बारेमा जानकारी लिनका लागि अन्तर्राष्ट्रियस्तरका पुस्तकको अध्ययन आवश्यक रहेको बताए ।
कार्यक्रमका संयोजक शेखर खरेलले विधिन्न विधाका पुस्तक तथा श्रव्यदृश्य पाठ्यसामग्री उपलब्ध गराइएको प्रदर्शनीमा प्राज्ञिक, व्यावसायिक र शैक्षिक क्षेत्रबाट उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरेका छन् । प्रदर्शनी २६ जेठसम्म चल्नेछ ।

Comments