‘क्लोजअप’मा उरुशा | अपत्यारिलो छलाङ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, ९ जेष्ठ बुधबार
no img

काठमाडौं, ९ जेठ । बलिउडमा निकै चर्चित छिन् ‘किङफिशर’ मोडल पूनम पाण्डे । यी मोडल कामले भन्दा ‘ग्ल्यामरस’ र आफ्नो ‘हाउभाउ’ले प्राय चर्चामा आइरहन्छिन् ।
हो, यतिखेर तिनै ‘किङफिशर’ मोडल पूनमसँग बलिउडमा भिड्ने तरखर गर्दैछिन् नेपालकी उरुशा पाण्डे । ‘ग्ल्यामरस’को दृष्टिले समेत उरुषा पाण्डे र पुनम पाण्डे उस्तै लाग्छन् ।
नेपालमा मोडलिङ गर्दा गर्दै बलिउडमा केही अवसर पाएकी उरुशा बलिउडमा एक फिल्म खेल्दैछिन्, जुन फिल्म आउँदो ‘कान्स फिल्म फेस्टिवल’ लक्षित रहेको बताइएको छ ।


स्मरणीय, उरुशालाई संघर्षका बेला कुनै पनि नेपाली निर्माता तथा निर्देशकले पत्याका थिइनन् अर्थात उनले काम पाउन सकेकी थिइनन् ।
डान्सर, मोडल हुँदै अभिनेत्री बनेकी उरुशाले ‘द व्हील चियर’ नामक बलिउड फिल्ममा अनुबन्धित भएकी छन् । अपांगतासम्बन्धी यस फिल्मलाई ‘कान्स फिल्म फेस्टिवल–२०१९’लाई तार्गेट गरेर निर्माण गर्न लागिएको बताइएको छ । २००८ मा ‘जोधा अक्बर’ र २०१५ मा बलिउड ब्लकबस्टर फिल्म ‘बाजिराव मस्तानी’जस्ता फिल्ममा काम गरेका राजा मुरादसँग मिलेर इन्डियन सायरी भिडियोमा काम गरेकी थिइन् । त्यसबाहेक थुप्रै हिन्दी गीतका भिडियोमा काम गरिसकेकी उरुषा भन्छिन्, ‘मैले संघर्ष जारी राखेकी छु ।’


‘द व्हील चियर’मा मुख्य भूमिकामा देखिन लागेकी उरुशा भन्छिन्, ‘यो फिल्ममा सजिलै अवसर पाएकी होइन । ४० जनाको अडिसनमा उत्कृष्ट भएपछि यो अवसर मिलेको हो ।’ उनले आफ्नो कला र प्रतिभाले निर्माता र निर्देशकलाई खुसी बनाएको पनि सुनाइन् । राजा मुरादजस्ता व्यक्तिको भिडियोमा काम गरेपछि आफूलाई बलिउडमा बाटो खुलेको उनको दावी छ ।


त्यसो त उरुशाले ब्राड्ली वोएन जस्ता हलिउड अभिनेता तथा निर्मातासँग पनि काम गर्ने अवसर पाएकी छन् । मिस्टर वोएन, जसले हलिउडमा थुप्रै फिल्ममा काम गरिसकेका छन् भने ४ वटा फिल्म निर्माण गरेका छन् । तिनै निर्मातासँग उरुशाले ‘क्वीन अफ हिमालय’ मा काम गर्न लागेकी बताएकी छन् । ‘काम गर्ने पक्का भएको छ’ उनले भनेकी छन्, ‘साइन गरिसकेकी छु ।’

Comments