जिन्सका प्रर्वद्धक बने प्रदीप
screennepal
प्रकाशित: २०७५, ६ जेष्ठ आईतवार
no img

काठमाडौ, ६ जेठ । अभिनेता प्रदीप खड्का पछिल्लो समय सिनेमासँगै ब्रान्ड एम्बेस्डरको रुपमा पनि व्यस्त छन् । यसै क्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’सँग उनी जोडिएका छन् ।
नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएका प्रदीपले शनिबार बिहान काठमाडौंको दरबारमार्गस्थित ‘नोभेम्बर’ शो रुमको उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ । अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ ।’
आफुले चलचित्र प्रेम गीत–२ र लिली बिलीमा नोभेम्बरकै फेशन प्रयोग गरेको र सो क्रममा यो नेपाली ब्रान्डले आफ्नो मन जितेका कारण पनि ब्रान्ड एम्बेस्डर बन्दा गर्व लागेको पनि प्रदीपले बताए । नोभेम्बर जस्तो नेपाली ब्रान्डलाई हामीले प्रयोग गरेर मुलुकको उत्पादन सफल र हामी फेशनमा आत्म निर्भर हुने पनि यी अभिनेताको भनाई छ ।
पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १३० ओटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको नोभेम्बर जिन्स नेपालका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानले बताए । नोभेम्बरका लागि अभिनेता प्रदिपको साथले आफुहरु अझ उत्साहित भएको र चलचित्र बृत्तका लागि आफुहरुले नोभेम्बर मार्फत केही गर्न पाउँदा खुसी लागेको पनि सिईयो न्यौपानेले बताए । मुलुकका सबै स्टोरमा एउटै मूल्यमा पाईने नेपालकीको बजेट अनुसार तयार गरिएको अन्तराष्ट्रिय स्तरको यो ब्रान्ड नेपालसँगै भारतमा पनि बिक्री बितरण हुँदै आएको पनि उनले जानकारी गराए ।

 

Comments