महल-झुपडीको कथा ‘झमक बहादुर’ (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
no img

काठमाडौं, २५ वैशाख । चलचित्र ‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक गरिएको छ । अनुपविक्रम शाही स्टारर ‘झमक बहादुर’ साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउँदैछ ।
झुपडी र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडी चलचित्र हो, ‘झमक बहादुर’ । चलचित्रका निर्माता मिनकुमार तामाङ हुन् भने निर्देशन भोमन कटुवालले गरेका हुन् । केही समयअघि रिलिज गरिएको ‘आमैले भन्थे धाराको पानी’ चलचित्र गीत दर्शक÷स्रोतामाझ रुचाएका छन् ।
यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

कोपिला कुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् । चलचित्रका गीतमा ओम सुनुवारको संगीतमा कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने तिर्थ दामली (टुप्पी)को शब्द रहेको छ ।

Comments