Exclusive : राजेशपायलसँग दीपेशको शेल्फी गफ ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १८ बैशाख मंगलवार
no img

काठमाडौं, १८ बैशाख । एकातिर स्मार्ट मोबाइलको जमाना छ, अर्कातिर यु–ट्युब च्यानलको बिगिबिगी । योसँगै प्रतिस्पर्धा त छ नै ।
च्याऊसरी खोलिएका यस्ता यु–ट्युब च्यानलहरुले विभिन्न खाले (नयाँ देखाउन) कार्यक्रम तथा अन्तर्वार्ताहरु लिने गरेका छन् । यो अस्वस्थ्य प्रतिस्र्धामा फोटो पत्रकार दीपेश राजथारु झनै नयाँ शैलीमा प्रस्तुत भएका छन् ।
दीपेश आफ्नो पुरानै कार्यरत संस्था डिसी नेपालमा फर्किएका छन् । नयाँ वर्ष २०७५ सालसँगै डिसी नेपालमा कम्ब्याक भएका दीपेश नयाँ शैलीका साथ देखापरेका छन् ।
‘शेल्फी गफ’ अर्थात शेल्फीमै अन्तर्वार्ता । दीपेशले आफ्नो पहिलो कार्यक्रममा ‘राई ईज किङ’ अर्थात नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायल राईलाई प्रस्तुत गरेका छन् ।

https://www.youtube.com/watch?v=1GR15CzrvO8

‘शेल्फी गफ’मा दीपेशसँग अन्तर्वाता दिएपछि राजेशपायलले भने, ‘यो कन्सेप्ट मलाई एकदमै नयाँ लाग्यो । मलाई यो कार्यक्रम मन मन प¥यो ।’ स्मार्ट फोनको जमानामा ‘शेल्फी गफ’ नयाँ र प्रभावकारी हुने राजेशपायलले बताए ।
उता दीपेशले पनि अहिलेसम्म कसैले नसोचेको कन्सेप्ट बनाएको बताए । उनले भने, ‘अहिले जो कसैले पनि यु–ट्यबका लागि अन्तर्वार्ता लिइरहेको हुन्छ । त्यसैले नयाँ कसरी दिन सकिन्छ भनेर सोच्दै जाँदा शेल्फी गफको कन्सेप्ट आएको हो ।’
आफ्नो कन्सेप्टलाई धेरैले मन पराइदिएकामा दीपश दंग छन् । आगामी दिनहरुमा पनि नयाँ नयाँ कन्सेप्टका कार्यक्रमहरु बनाउँदै जाने दीपेशले बताए ।

Comments