केकी सवार ‘कोहल्पुर एक्प्रेस’ डिष्टिनेशन नजिक
screennepal
प्रकाशित: २०७५, १२ बैशाख बुधबार
no img

काठमाडौं, १२ बैशाख । अभिनेत्री हुँदै निर्मात्री बनेकी केकीअ अधिकारीलाई हिजोआज चिन्ता र डर यो छ कि ‘दर्शकले कस्तो रेस्पोन्स गर्लान् ?।’ यो स्वभाविकै हो किनकि, उनी निर्मित फिल्म ‘कोहल्पुर एक्सप्रेस’ यही आउँदो शुक्रबार अर्थात १४ बैशाखमा अल नेपाल रिलिज हुँदैछ अर्थात ‘कोहल्पुर एक्सप्रेस डिष्टिनेशन नजिक पुगेको छ ।
यसै फिल्ममार्फत निर्मात्री बनेकी केकीले फिल्ममा लगानी गरेपछि के अनुभव लिइन् त ? भन्छिन्, ‘धेरै निर्माता तथा निर्देशकको फिल्ममा काम गरेँ । तर, अरुको फिल्ममा काम गरेजस्तो आफै निर्माता बन्नु सजिलो रहेनछ ।’
यतिखेर उनलाई केही डर पनि लागेको छ । डर केका लागि नि ? केकी भन्छिन्, ‘आफ्नो लगानीको फिल्म दर्शकमाझ आउन लाग्दा मनमा डर र कौतुहलता हुँदोरहेछ ।’
‘कोहल्पुर एक्सप्रेस’ रिलिज हुन ४८ घण्टा बाँकी हुँदा उनले भनिन्, ‘निर्माता भएपछि सुटिङ शेड्युल मिलाउनुदेखि लिएर प्रचारमा समेत आफै हिड्नुपर्छ । त्यसैले निर्माता बन्नु सजिलो छैन ।’ हुन पनि करिब सात महिनायता उनी आफ्नै प्रोडक्शनमा व्यस्त हुँदै आएकी छन् ।
फिल्ममा निर्माता मात्र नभएर अभिनेत्रीसमेत रहेकी केकी भन्छिन्, ‘तर, हिम्मत हारेकी छैन । यो मेरो पहिलो होम प्रोडक्शन हो । प्रचारमा दिनरात लागि परेकी छु ।’ फिल्मबाट दर्शकको सकरात्मक प्रतिक्रिया पाउने उनको अपेक्षा छ ।
‘कोहल्पुर एक्सप्रेस’लाई दर्शकसम्म पु¥याउन केकी के मात्र गरेकी छैनन् ? उनले सबै प्रकारका प्रचार रणनीति अपनाउँदै आएकी छन् । आफ्नो फिल्मको प्रचारकै लागि साता महिनासम्म उनले अरुको प्रोजेक्टमा काम गरेकी छैनन् । ‘साता महिनायता कोहल्पुर एक्सप्रेसमै व्यस्त रहेँ’, एक प्रशंगमा केकीले भनिन्, ‘यति लामो समय अरुको प्रोजेक्ट नगरी बसेको पहिलोपटक हो । यो सबै कोहल्पुर एक्सप्रेसकै लागि हो ।’


केकीका अनुसार ‘कोहल्पुर एक्सप्रेस कमेडी धारको फिल्म हो । उनले भनिन्, ‘यस फिल्मबाट दर्शकले मनोरञ्जन भरपूर्ण पाउनेछन् ।’ एउटा फिल्मको सफल पाटो पनि यही हो । उनले आफ्नो फिल्म कसैबाट प्रभावित नभएको बताउँदै भनिन्, ‘कोहल्पुर एक्सप्रेस आजका दर्शक केन्द्रित रहेर निर्माण गरिएको नेपाली फिल्म हो ।’
केकीले दर्शक तथा आफ्नो शुभचिन्तकबाट साथ र सहयोग पाउने अपेक्षा गरेकी छन् । ‘यहाँहरुकै साथ र मायाले यहाँसम्म पुगेकी छु’, उनले भनिन्, ‘अब एकपटक कोहल्पुर एक्सप्रेसमा सँगै सवार गरौं ।’ यसपटक साथ र मायाले आगामी दिनमा पनि अगाडि बढ्न आफूलाई हौसला मिल्ने केकी बताइन् ।
‘म हिम्मत हार्ने छैन’ केकीले अहिलेसम्म दर्शक तथा शुभचिन्तकबाट पाएको प्रतिक्रियाप्रति आशा राख्दै भनिन्, ‘यस्तै तपाइँहरुको साथ पाएँ भने आगामी दिनमा पनि अगाडि बढिरहने छु ।’ उनले फिल्म निर्माणमा समेत कोशिस जारी राख्ने बताइन् ।
विशाल भण्डारीको निर्देशित यस फिल्ममा केकीका साथमा प्रियंका कार्की, ऋचा शर्मा, बद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा र बाल कलाकार कशाग्र भट्टराईको शिर्ष भूमिका छ । ‘कोहल्पुर एक्सप्रेस’ अमेरिकाको डलास, बोस्टन, न्यू योर्क, सिकागो, बाल्टिमोर, भर्जि्निया, कोलम्बरलगायतका सहरमा पनि रिलिज हुँदैछ ।
 

Comments