काठमाडौं, ८ बैशाख । चलचित्र ‘द प्रिन्स’को छायांकन उपत्यकाभित्रबाट सुरु भएको छ । बिष्णु शिवाकोटी निर्माता रहेकोे यस चलचित्रलाई एनपी फिल्मस् प्रोडक्सनले निर्माण गरेको हो ।
चलचित्रमा प्रिन्स थापा, शिबु शाह, कशिस दाहाल, शिवानी गिरी, सरोज खनाल, निशा केसी, महेन्द्र मैनालीलगायतका कलाकारको अभिनय छ । यसमा सम्राट थापाको कथा तथा संगीत रहनेछ । चलचित्रमा सम्राट बस्नेतको द्धन्द, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने निर्देशन मदन घिमिरे गर्दैछन् ।