काठमाडौं, ८ बैशाख । गायिका लिजा लामाले पछिल्लोपटक ‘मलाई नेपाली चेली भन्दा सुहाकै छ’ बोलको गीत रेकर्ड गराएकी छन् । बिबि थापाको शब्द, मनोज चौलागाईंको संगीत रहेको उक्त गीतको चाँडै भिडियो मिर्माण गर्ने लामाले बताइन् ।
पप, आधुनिकमात्र होईन सबै प्रकारको गीत गाउन आफू तयार रहेको बताउने गायिका लामा चलचित्रको पाश्र्वगायनमा आशा लाग्दी गायिका हुन् । लिजा नेपाली गीत, संगीतको क्षेत्रमा लागेर आफ्नो भविष्य सुनिश्चित बनाउने प्रयासमा छिन् । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रममा आफ्नो गलाको कला देखाई सकेकी छन् ।