काठमाडौं, ४ बैशाख । केही वर्षयता बहसमा रहेको ‘बक्स अफिस’ले मूर्तरुप लिएको छ । नयाँ वर्ष २०७५ लागेसँगै उपत्यकामा संचालित सिंगल थिएटरमा बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ सुरु गरिएको हो ।
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पूर्वघोािषत कार्यक्रमअनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा ई–टिकेटिङ शुरु गरिने भएको हो । चावहिलस्थि गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण गरिएको छ ।
गोपीकृष्णसँगै पुष्पाञ्जली, बौद्धस्थित सिदार्थ र पृथ्वी, कलंकी सिनेमा हलमा बैशाख १० गतेबाट ‘बक्स अफिस’ प्रणाली सुरु अध्यक्ष पौडेलले बताएकी छन् । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरिरहेको छ । साथै, अब मल्टिप्लेक्स सिनेमा हलमा सञ्चालित ई–टिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्ने भएको छ ।
आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरलाई बोर्डले सहयोग गर्ने अध्यक्ष पौडेलले बताइन् । उनका अनुसार गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायणमा धेरै पर्दा भएका कारण प्राविधिक कठिनाइ भएको छ । तर, त्यसलाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा बोर्ड लागेको छ । बक्स अफिस लागू भएसँगै राज्यलाई तिर्नुपर्ने करमा हल संचालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनेछ ।