काठमाडौं, २ बैशाख । नुवाकोटका गायक सुवास पाख्रिनको पछिल्लो म्युजिक भिडियो ‘धेरै वर्षपछि…’ सार्वजनिक भएको छ । सोमबार सैलुङअनलाइनको युट्युब च्यानलबाट अपलोड गरिएको सो गीतमा गायक पाख्रिनको सुमधुर आवाज भरिएको छ ।
गायक पाख्रिनको यो १३ औं पछिको नयाँ गीत हो । पाख्रिन गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका कलाकार हुन् । गायक पाख्रिनको गीतमा मायाप्रीतिका शब्दहरू उनिएका छन् । एरिन तामाङ र जमुना प्रधानले गरेको फिचरिङमा धेरै वर्षपछि भेट भएको मायालु तर नबोलेको भाव देख्न पाइन्छ । बाल कलाकारमा सक्सेस थापा र समिक्षा राना रहेका छन् ।
हिमालयन इन्टरटेन्टमेन्ट प्रा।लिको प्रस्तुतिरहेको म्युजिक भिडियोमा शब्द संगीत, श्याम पाख्रिनको रहेको छ । भिडियोलाई कुमार कार्कीले छायाँङ्कन, विशन मनान्धरको एरेञ्ज र अमन बधुले सम्पादन गरेका छन् । भिडियोलाई एरिन तामाङले निर्देशन र ग्रिन टच स्टुडियोबाट उतारेका हुन् ।
https://www.youtube.com/watch?v=v548KjjadYY