आर्थिक अभाव झेलिरहेका क्यान्सरपीडित विपिनलाई सहयोग हस्तान्तरण
screennepal
प्रकाशित: २०७४, २४ चैत्र शनिबार
no img

काठमाडौं, २४ चैत । फोक्सोको क्यान्सरपीडित विपिन राईको उपचारका लागि जुटेको रकम शनिबार हस्तान्तरण गरिएको छ ।
युकेबासी विभिन्न नेपालीहरुले जुटाएको १ लाख ४८ हजार ७७४ रुपैयाँ अस्पताल परिसरमै विमारीका बाबु आशवर्ण राई र आमा विष्णुकुमारीलाई हस्तान्तरण गरिएको हो । क्यान्सरपीडित १६ वर्षीय विपिनको दुई सातायता नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ३१२ नम्बर आईसियुमा उपचार भइरहेको छ ।


उक्त सहयोग रकम जुटाउनका लागि युकेमा बस्दै आएका पुर्ण साउदेन ‘पन्धरे कान्छा’ले युकेमा संयोजन गरेका थिए । उनकै पहलमा यतिका रकम जम्मा भएको हो । नेपालका लागि भने विपिन राई उपचार सहयोगार्थ रकम संलकनको संयोजत्व समाजसेवी प्रिति राईले गरेकी थिइन् । प्रितिकै पहलमा शनिबार क्यान्सरपीडितलाई रकम हस्तान्तरण गरिएको हो ।
पत्रकार एमपी सुब्बा, प्रिति राई, उनकी दीदी समाजसेवी सुखमाया राई, रुपा पुन, प्रेम राई, एचबी सुब्बालगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।


आर्थिक अभावकै कारण विपिनको समयमा उपचार हुन सकिरहेको छैन । स्थानीय सोलुखुम्बुका विपिनका आमा विष्णुकुमारीले निम्न आर्थिक अवस्थाकै कारण छोराको समयमा उपचार गर्न नसकेको गुनासो गरिन् । उनले उपचार अभावका कारण सुरुमा अस्पतालले समेत विपिनको उपचार हुन नसक्ने जनाएको बताइन् । उनले भनिन्, ‘खर्च जुट्न थालेपछि अहिले उपचार भइरहेको छ ।’
खर्च अभावमा छोराका उपचार गर्न नसकेको कुरा समाजसेवी प्रितिले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि खर्च जुट्न थालेको हो । पीडितका आमाका अनुसार छोराको उपचारलाई १२ देखि १५ लाख रुपैयाँसम्म लाग्ने देखिन्छ । यतिका रकम जुटेमा छोरालाई केही नहुने उनले बताइन् ।


पछिल्लो एक सातायता विभिन्न व्यक्ति तथा संस्थाले छोराको उपचारमा सहयोग गरिरहेको विष्णुकुमारीले बताइन् । ‘अस्पतालमा अरु विमारी कुरुवाहरुले समेत छोराको चाँडो उपचार गर्नु भन्दै एक हजार, पाँच सय दिन्छन्’ उनले भनिन्, ‘आज यहाँहरुले सहयोग गर्नुभयो । जति पनि मेरो छोराका लागि सहयोगी हुनुहुन्छ, सबैलाई मनैबाट आभार व्यक्त गर्छु ।’ आफ्नो छोराको उपचारका लाािग सहयोगी हातहरुलाई उनले अपिल समेत गरेकी छन् । विष्णुकुमारीले भनिन्, ‘छोराको उपचारका लागि सहयोग गर्नेहरु मेरा लागि भगवान हुन् ।’
यसअघि पनि प्रितिको संयोजत्वमा केही आर्थिक सहयोग गरिएको थियो । लण्डन निवासी नरेन्द्र बान्तवाको २२ हजारसहित यसअघि एक लाख ३०५ रुपैयाँ पिडित विपिनका लागि सहयोग गरेको प्रितिले बताइन् । र, लण्डनमै बस्दै आएकी गायिका अनिला राईले पनि विपिनलाई उपचार खर्च जुटाइरहेको बताइन्् । उनले अब केही दिनमै रकम विमारीका आफन्तलाई हस्तान्तरण गर्ने भएकी छन् ।

 

Comments