बौद्धनाथमा चरम विवाद, कार्यकारी निर्देशकले दिए राजीनामा
screennepal
प्रकाशित: २०७४, २१ चैत्र बुधबार
no img

काठमाडौं, २३ चैत । करिब आठ महिनाअघि नियुक्त बौद्धनाथ क्षेत्र विकास समितिका नया“ कार्यसमिति आन्तरिक झमेलामा फसेको छ । विवादका कारण समितिको कुनै पनि योजना अघि बढ्न सकेको छैन । अघिल्लो कार्यसमितिले विनियोजन गरेको झण्डै ८ करोड रुपैंया फ्रिज हुने अवस्थामा छ । यसैबिच नवनियुक्त कार्यकारी निर्देशक कुयाङ लामाले मंगलबार राजिनामा दिएका छन् ।
‘बिधि भन्दा बाहिर गएर काम हुन थालेपछि म बाहिरिएको हु“’, मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि उनले भने, ‘अध्यक्ष र एकजना सदस्यको समुहबिच चरम विवादका कारण कुनै पनि बैठक बहुमत पुग्न सकेन । आठ महिनासम्म पनि केही काम हुन नसकेपछि नैतिकताको आधारमा मैले राजीनामा दिए“ ।’
बौद्धनाथ महाचैत्यको सम्र्बद्धनको अधिकार पाएको समिति पर्यटन तथा संस्कृति मन्त्रालय अन्र्तगतको निकाय हो । अघिल्लो सरकारको पाला तत्कालीन पर्यटन तथा संस्कृति मन्त्री जितेन्द्र देवले राजकुमार लामा अध्यक्ष र कुयाङ लामा कार्यकारी निर्देशक रहेको सात सदस्य नया“ कार्यसमिति नियुक्त गरेको थियो । अध्यक्ष लामा र सदस्य मंगल लामा समुहबिच चल्दै आएको विवादको चेपुवामा परेका कार्यकारी निर्देशक लामाले मंगलबारै पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई राजीनामा पत्र बुझाएका छन् ।
लामा अनुसार बहुमत नपुगे पनि आर्थिक निकाशाको फाइल जर्बजस्त अघि बढाउन अध्यक्षले दवाव दिएका कारण पनि आफूले राजीनामा दिएको बताए । ‘अध्यक्षको समुहले निकाशाको दबाब दिने, अर्को समुहले निकाशा नगर्न दवाव दिने’, कार्यकारी निर्देशक लामाले पत्रकार सम्मेलनमा भने, ‘दुबै समुह कानुनी अधिकार भन्दा बाहिर गएर काम गर्न खोजेकाले यस्तो स्थिति पैदा भयो ।’
उनले बौद्धनाथ जस्तो पवित्र थलोमा भइरहेको स्वार्थगत चलखेलले सिंगो बौद्ध समुदायलाई असर पुग्ने बताए । पत्रकार सम्मेलनमा उनले आफूले चारबर्षे कार्यअवधि भित्र गर्न खोजेको कार्य योजना पनि सुनाएका थिए । कार्ययोजनामा आर्थिक प्रणालीलाई सफ्वेयरमा ल्याएर व्यवस्थित गर्ने, धर्मशाला बनाउने, पर्यटन प्रवेशलाई पारदर्शी बनाउन डिजिटल प्रणाली अपनाउने, अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने, स्थानिय उपभोक्ता समितिहरुको हितमा योजना तय गर्ने लगायत छन् ।
अध्यक्ष राजकुमार लामाले ‘आर्थिक लाभ लिने खोज्ने समुह’का कारण समिति विवादमा फसेको स्वीकारे । समितिमा विवाद बढेपछि पर्यटन मन्त्रालयले छानविन समिति समेत गठन गरिसकेको छ ।

 

Comments