पोखराबाट सुरु भो सुब्रतको ‘सुश्री सम्पत्ति’
screennepal
प्रकाशित: २०७४, १५ फाल्गुन मंगलवार
no img

पोखरा, १५ फागुन । रंगपत्रकार सुब्रत आचार्यले आफ्नो दोस्रो फिल्म ‘सुश्री सम्पत्ति’को छायाँकन सुरुवात गरेका छन् । मंगलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रमबीच फिल्मको शुभमुर्हत गरियो ।
कमेडीसहित प्रेमकथा रहने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामालगायतका कलाकारको चलचित्रमा अभिनय रहने छ । नायिका प्रियंका कार्की बिशेष भुमिकामा देखिदैछिन् ।
फिल्मको सम्पूर्ण छायाँकन पोखरामा सम्पन्नगरिने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गीतको छायाँकन भने काठमाडौंमा गरिने जनाइएको छ । फिल्ममा सुरेश अधिकारीको संगीत र अर्जुन तिवारीको सिनम्याटोग्राफी तथा कविराज गहतराजको कोरियोग्राफी रहने यस फिल्मको कथा निर्देशक आचार्यले नै लेखेका हुन् ।
राहुल इन्टरटेन्मेन्टको व्यानरमा बन्ने फिल्मका निर्माता रमेश त्वयन, बिज्ञान राई, नुनम सुब्बा र रोमन शीलाकर फिल्मका हुन् ।

Comments