काठमाडौं, १३ फागुन । हेयर स्टाइलिष्ट निल डेभिडको निल डेभिड्स युनिसेक्स सलुनको लोकप्रियता बढ्दै जाँदा भारतमा पनि यसको फ्रेञ्जाइजी बढ्न थालेका छन् ।
निलको फ्रेञ्जाइजी सलुन भारतको अलाहबादमा पनि सञ्चालनमा आएको छ । उनको सो फ्रेञ्चाइजी ब्राण्डको बुधबार बलिउडका सुपरस्टार अमिताभ वच्चनको नगरी अलहाबादमा भारतिय व्यापारी अजय अग्रवाल र सोमनीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन्। उक्त फ्रेञ्जाइजी सलुन अन्तराष्ट्रिय स्तर र अत्याधुनिक शेलीको छ ।
भारतको मुम्बई स्वस्तीका फ्रेञ्चाइजी मेनमेजन्टले निलको भारतका विभिन्न शहरमा १ शयको संख्यामा फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने गरी निलसूग सम्झौता गरेको छ। जसअनुसार गुहाटी आसाममा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आईसकेको छ भने चाँडै नयाँदिल्ली, अजमगढ, वाराणासी र लखनउमा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आउने तयारी भईरहेको निलले बताए ।
‘पहिले आपैmँ दिल्ली, थाइल्याण्ड, लण्डन र सिंगापुरमा ३ वर्ष लगाएर हेयर स्टाइल र मेकअप आर्टिष्टको कोर्ष पढी अन्तराष्ट्रिय डिग्री लिएँ’ निलले भने ‘यही अध्ययन मेरो बलियो आधार बन्न पुग्यो र आज झापा लक्ष्मीपुरको यो युवा भारतसम्म आप्mनो फ्रेञ्चाइजी सलुन र शाखा सलुन सञ्चालनमा ल्याउन सफल भएको छ।’ उनले आगामी मार्च १३ मा सिलगुढीमा निल डेभिड्स स्टाइलो सलुनसमेत सञ्चालनमा ल्याउने भएको छन् ।