टाटूको पारखी सुुमिना | आखिर के छ टाटूमा ?
screennepal
प्रकाशित: २०७४, ११ फाल्गुन शुक्रबार
no img

काठमाडौं, ११ फागुन । सुरुमा चित्रकलामा मात्र रुचि राख्थिइन् सुमिना । तर, अहिले भने उनी टाटू कलामा व्यस्त छिन् । टाटूमा उनको आफ्नै अनुभव छ । उनको बुझाइमा ‘पेन्टिङ भन्दा टाटू धेरै गाह्रो काम हो । थोरै केटीले टाटूको काम गरेको पाइन्छ ।’


आफुले यो ब्यवसाय नछाड्ने र भविष्यमा आफूजस्तै थुप्रैलाई यस ब्यवसायमा आकर्षित गराउने र यसै ब्यवसायमा आत्मनिर्भर बनुन् भन्ने सोच राख्ने टाटू आर्टिष्ट सुमिना श्रेष्ठले फाईन आर्टमा प्लस टु गरेकी छन् ।
हेटौंडा १८, हर्नामाडीकी स्थानीय सुमिना चलचित्रको रंगीन पर्दा हुँदै पछिल्लो समय टाटू आर्टिष्टको रुपमा आफ्नो पहिचान बनाउँदैछिन् । नेपालमा मात्र होइन, अन्यत्र पनि उनको माग बढ्दो छ ।
हाल भारतकोे चाँदमारीस्थित सञ्चालनमा आएको टाटू हाउसमा प्रशिक्षकको रुपमा काम गरिरहेकी सुमिना भन्छिन् ‘सन्सारको जुनसुकै मुलुकमा गएर त्यस ठाउँको रहन सहन अनुसार आफ्नो सिप र खुबिलाई सदुपयोग गर्न सक्ने क्षमता ममा छ ।’
सुमिनालाई मनपर्ने अर्को पक्ष भनेको घुमघाम पनि हो । थुप्रै प्रतियोगिताहरुमा सहभागि भई दर्जनभन्दा बढी सम्मान र पुरस्कार हात पारिसकेकी सुमिना भन्छिन् ‘ब्यवसाय जुनसुकै होस् सफलता पाउँन मिहेनत र धैर्यताको आवश्यक पर्दछ ।’

 

Comments