निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ
screennepal
प्रकाशित: २०७४, २५ माघ बिहीबार
no img

काठमाडौं, २५ माघ । चलचित्र कलाकार तथा निर्देशक राजेन्द्र खड्की प्रहरीले पक्राउ गरेको छ । द्वन्द्व निर्देशनमा चर्चित खड्गीलाई बिहीबार पक्राउ गरेको हो ।
दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

Comments