फ्रेबु्रअरी महिनाभर सिड्नीमा ‘प्रेम गीत–२’
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

काठमाडौं, ३ माघ । पछिल्लो समय युवामाझ लोकप्रिय नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेम गीत–२’ सिड्नीमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रले नेपालमा सफल व्यवसायिक गरेकोे थियो ।
चलचित्र ‘प्रेम गीत’को सिक्वेलमा निर्माण गरिएको चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो । सिड्नीमा ईभेन्ट आयोजकका रुपमा परिचित कलिउड क्लबले सिड्नी शोको ब्यबस्था गरेको छ ।
क्लबको चलचित्र लभ स्टोरी भएकाले प्रेम महिनाका रुपमा फ्रेबरुअरी महिनाभर सिड्नीमा शो गर्ने जनाइएको छ । जसमा पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिने सिभिक थियटरमा हुने र बाँकी शोको मिति सार्बजनिक गर्दै जानेकलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताए ।
आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठक निर्देशन गरेका हुन् । भने,संतोष शेनले निर्माण गरेका हुन् । यस चलचित्रमा प्रदिपको अपोजिटमा नायिका अश्लेषा ठकुरी छिन् ।
नेपाल,थाईल्याण्ड र म्यानमारमा छाँयाकन गरिएको यस चलचित्रमा प्रदिप र अश्लेषाको अलवा कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा समाबेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्बा्धिक चर्चित गीत हुन् । पुर्ण लभ स्टोरी जनरामा निर्मित चलचित्रको सिड्नीको शोका लागि २५ डलर टिकट राखिएको छ ।

Comments