‘अ र्डाक स्टार’ जसले मर्माहित बनाउँछ…! (फिल्मसहित)
screennepal
प्रकाशित: २०७४, १७ पुष सोमबार
no img

काठमाडौं, १७ पुस । ‘अ र्डाक स्टार’ अर्थात् एउटा ओझेलमा परेको पात्र । छोटो चलचित्र तर मर्मस्पर्शी । कतिपय यही समाजका कथा हेरेपछि हामी छक्कमात्र पर्दैनौ, मर्माहित पनि हुन्छौं । यस्तै, एउटा विषयमा बनेको छोटो चलचित्र हो, ‘अ डार्क स्टार’
यस छोटो चलचित्रलाई गीतकार तथा मोडल दर्पण राईले निर्माण गरेका हुन् । यस चलचित्रले समाजको एउटा दर्दनाक विषय उठान गरेको छ । सडक बालबालिकाहरुको अन्र्तकथा र व्याथालाई यहाँ चित्रण गरिएको छ । समाजकै अगाडि भएर पनि ओझेलमा परिरहेको विषय हो यो । जसलाई दर्पणले उठान गरेका छन् ।
‘अ र्डाक स्टार’ निर्माण तथा रिलिजपछि दर्पणले भने, ‘म केहि बोल्दिनँ किन कि, यस्तो फिल्महरु धेरै लगानी खर्चेर बनाइँदैन यहाँ । मलाई लाग्छ हामीले मनोरञ्जन त छँदै छ, यि र यस्तै केह समाजभित्र घट्ने घट्ना तपाईं हाम्रो टोल र गल्लीमा घट्ने घट्नालाई पनि उतार्नु जरुरी छ ।’ चलचित्रमा मोडल तथा अभिनेत्री सम्झना राईले अभिनय गरेकी छन् । उनको अभिनखयले पनि एकपटक पक्कै तारिफ पाउनेछ ।
अब यो चलचित्रबारे यो भन्दा धेरै भनिरहन पक्कै आवश्यक छैन किनकि यहाँ चलचित्र नै प्रस्तुत गरिएको छ । तल दिइएको लिंकमा क्लिक गरेर चलचित्र हेर्नुस् अनि आफूले लागेको धारणा पोख्नुस् ।

Comments