दर्शक आत्तिने सलमानको भाउ !
screennepal
प्रकाशित: २०७४, ७ पुष शुक्रबार
no img

काठमाडौ, ८ पुस । बलिउड अभिनेता सलमान खानका फ्यानका लागि खुशीको खबर ! तर, यो सुखद खवरसंगै उनकै फ्यान पनि दुखी छन् किनकि, आफ्नो फेभरेट हिरोलाई आफ्नो अगाडि पाउदा जोसुकै खुशी हुने नै भए । तर, आफ्नो आइडललाई हेर्न महँगो रकम खर्चिनु पर्दा केही दुखी देखिएका छन् ।
सलमान नेपाल आउने पक्का भएसंगै फि को कुरा उठ्न थालेको छ । आउँदो १० मार्च अर्थात फागूण २६ गते ‘दबंग टूर’ लिएर नेपाल लागेका सलमानलाई हेर्न नेपाली उनका फ्यानले कम्तिमा ३ हजारदेखि लिएर १० हजारसम्म तिर्नुपर्ने छ । यसै प्रसँगमा एक सलमानका फ्यानले भने, ‘सलमानमा केटी फ्यान उनलाई देखेर बेहोश होला, त्यो आफ्नो ठाउँमा छ । तर, टिकेट भाउ सुनेर अझै धेरै बेहोस् होलान् भन्ने लागेको छ ।’
सलमानलाई नेपाल ओडीसी इन्टरटेन्मेन्ट प्रालिले ल्याउन लागेको हो । सो कार्यक्रमा सलमानले काठमाडौको टुँडिखेलमा आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । उक्त कार्यक्रमका लागि सलमान ६० जना बलिउडका चर्चित कलाकार र डान्सर नेपाल आउदै छन् । कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, कृति सेनन, निर्देशक प्रभु देवालगायत नेपाल आउन लागेका हुन् ।
साथै, सो टोलीमा सलमानका निजी सुरक्षागार्ड पनि हुनेछ । सलमान र उनको टोलीलाई सुरक्षा दिन नेपाल प्रहरीको ब्यवस्था गरिएको छ ।

Comments