काठमाडौं, ७ पुस । ‘केःसाङ्ला’ अर्थात् लिम्बू समुदायको बाजा च्याब्रुङको बाया भाग हिर्काउने सामाग्री । यसैको कथामा चलचित्र ‘केःसाङ्ला’ निर्माण गरिएको छ । यो चलचित्रको हालै ताप्लेजुङको विभिन्न गाउँमा छायांकन गरिएको छ ।
लिम्बू समुदायको कला, संस्कृति र संस्कारको संरक्षणका ध्येयले यो चलचित्रको निर्माण भीम तुम्बाहाम्फेले गरेका हुन् । चलचित्रमा लिम्बू जातिको रहन–सहन तथा संस्कुतिलाई उजागर गरिएको छ ।
‘केःसाङ्ला’ को निर्देशन लोकेन साँवा लिम्बुले गरेका हुन् । जो म्युजिक भिडियो निर्देशनमा चर्चित छन् । उनका अनुसार यो चलचित्रको छायांकन ताप्लेजुङका अलावा फिदिममा पनि गरिएको छ ।
देबेन्द्र खापुङको कथा, पटकथा रहेको यस चलचित्रमा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको छ । चलचत्रिमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेको अभिनय हेर्न सकिनेद्ध । विशुद्ध लिम्बू भाषामा निर्माण गरिएको यस चलचित्रमा मुख्य सहायक निर्देशन तथा कोरियोग्राफी दिनेश माङ्मु, भेषभुषा द हाइल्याण्ड आर्ट र सिक्वेन्स फेसन हाउसको रहेको छ । चलचित्रको सम्पादन सुरु भएको निर्देशक साँवाले बताए ।