भारतको गुहाटीमा पनि खुल्यो निलको सलुन
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
no img

काठमाडौं, ६ पुस । मुम्बईको स्वस्तिक फ्रेन्चाइजी म्यानेजमेन्टसँग भारतका विभिन्न शहरमा एक सय वटा सलुन सञ्चालन गर्ने सम्झौता गरेको केही समय नवित्दै हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले मुम्बई म्यानेजमेन्टको तर्पmबाट पहिलो फ्रेन्चाइजीस्वरुप असामको राजधानी गुहाटीस्थित जीएस रोडमा निल डेभिड युनिसेक्स सलुन सञ्चालनमा ल्याएका छन् ।
सलुनको उद्घाटन निलका साथमा असामी अभिनेत्री निसिता गोस्वामीले गरेकी थिइन्। निसिता आसामबाट पहिलो राष्ट्रिय पुरस्कार पाउने अभिनेत्री मोलोया गोस्वामीकी अभिनेत्री छोरी हुन् । ११ शय स्क्वायरमा पैmलिएको निल डेभिड्स इन्टरनेशनल युनिसेक्स सलुन महाराष्ट्रका व्यापारी अभिनन्दन रोयले झण्डै ४० लाख भारतिय रुपियाँमा सञ्चालनमा ल्याएका हुन्।
झापाको लक्ष्मीपुरका निलले काठमाडौं र जिल्लाबाहिरका शहरसँगै भारतका विभिन्न शहरमा अत्याधुनिक सुविधायुक्त सलुन विस्तार गर्दै आएका छन्। ४९ सलुन र एकेडेमीबाट ४ शयभन्दा बढीलाई राजेगार दिएका निलको फ्रेन्चाईजी सन् २०१८ मुम्बई मेनेजमेन्टको अर्को प्रोजेक्टस्वरुप अलाहबादकी व्यापारी अर्चना अग्रवालले झण्डै १ करोडको लगानीमा अलाहबादमै निल डेभिडस इन्टरनेशनल सलुन एण्ड एकेडेमी सञ्चालनमा ल्याउने भएकी छिन्। यसका साथै अब वनारस, लखनउ, नोडिया र दिल्लीमा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको निलले जानकारी गराएका छन्। नेपालका लागि पनि फ्रेन्चाइजी ब्राण्ड विस्तार गर्दै आएका निलले काठमाडौंमा ५ फ्रेन्चाइजीका साथमा विर्तामोड, धरात, काकडभित्ता, पथरी, नेपालगञ्ज र भैरहवामा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए। यसका लागि निल थप नयाँ टेकनिकको हेयर स्टाइल अध्ययनका लागि एक साता लण्डन जाने भएका छन। उनी केहीअघि मात्र अहमदाबाद गुजरातकोका हेयर एण्ड व्युटी प्रोडक्टस ब्रिलारे साइन्सको नेपालका लागि ब्राण्ड एम्बेसडर भएका छन्।

 

Comments