यस्तो छ बिराट अनुष्काको बिहेको निम्तो सुचि
screennepal
प्रकाशित: २०७४, २४ मंसिर आईतवार
no img

काठमाडौ, २४ मङ्सिर ;एजेन्सी) । करिब चार वर्ष यता डेटिङमा रहेका भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विहेको तयारीमा छन् । यि दुईको विवाहको कुराले यतिखेर बलिउड गर्माएको छ ।
भारतीय मिडियाले जनाए अनुसार यसै महिना उनीहरु पति-पत्नी बन्ने छन् ।
कोहलीले आफ्नो बिहेमा धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिएका छैनन् । भनिन्छ, उनका केही खास साथीहरु र परिवारका सदस्य मात्रै वैवाहिक समारोहमा उपस्थित हुने छन् । भारतीय क्रिकेट टिम १० यो डिसेम्बरबाट श्रीलंकाविरुद्ध वान डे सिरिजमा व्यस्त रहनेछ । त्यसैले टिमका कुनै पनि खेलाडी बिराटको बिहेमा उपस्थित हुने सम्भावना झिनो छ ।
यद्यपि, बिराटले सचिन तेन्दुलकर युवराज सिंहलाई आफ्नो बिहेमा उपस्थित हुन निम्तो दिएका छन् । यसका अलावा उनले आफ्नो बाल्यकालका कोच राजकुमार शर्मालाई पनि डाकेका छन् । यता अनुष्काले पनि आफ्ना केही छिमेकी, आफन्त र साथीभाईलाई बिहेको निम्तो दिइसकेको बुझिएको छ । उनले बलिउडका सिमित साथीहरुलाई मात्र बोलाएकी छिन् ।
उनको निमन्त्रणा सुचीमा शाहरुख खान, आमिर खान, आदित्य चोपडा, करण जौहर, रणवीर कपूर, कट्रिना कैफ र मनीष शर्मालाई बोलाएकी छन् । तर सुपरस्टार सलमान खानलाई भने अनुष्काले बोलाएकी छैनन् ।
केही दिन यता बिराट र अनुष्काले कामबाट छुट्टी लिएका छन् र उनीहरु परिवारसहित इटालीतिर लागेका छन् । इटालीमै १२ डिसेम्बरमा उनीहरुले बिहे गर्ने अनुमान गरिएको छ । यद्यपि, अनुष्का र बिराट दुवैले बिहेको औपचारिक पुष्टि गरेका छैनन् ।

Comments