काठमाडौं, ३१ असोज । ट्रन्डी फिल्मको व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
‘धुम–२’मा अभिनेता जयकिशन बस्नेतको निर्माण, लेखन, नृत्य र निर्देशन रहेको छ । जसमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।
चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ । त्यस्तै, एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
अभिनेता बस्नेतले चलचित्रमा रमाइलो किसिमको खलचरित्रमा देखिएका छन् । तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्दै हिजो (आईतबार) ५१औँ दिन मनाएको थियो । चलचित्र ट्रेडिङ नम्वर ३ मा रहेको छ ।