काजलको सम्झनामा रक्तदान
screennepal
प्रकाशित: २०७४, २४ आश्विन मंगलवार
no img

काठमाडौं, २४ असोज । स्व बालकलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गएको साता निधन भएकी काजलको सम्झनामा रामजी नेपाली फाउन्डेशनले रक्तदान कार्यक्रम गरेको हो ।
काजल नेपालीको आत्मले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइ रहेका विरामीलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ शोकलाई शक्तिमा बदल्ने कोशिसस्वरुप कार्यक्रमको आयोजना गरेको फाउन्डेशनका अध्यक्ष रामजी नेपालीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले छोरी गुमाउनुको पीडासँगै सामाजिक कार्यमा सक्रिय रामजी नेपाली फाउन्डेशनको सहराना गरेका थिए ।

Comments