‘टु–इन वान’ निरुता ! फोटोफिचर
screennepal
प्रकाशित: २०७४, १९ आश्विन बिहीबार
no img

काठमाडौं, १९ असोज । नेपाली कला क्षेत्रमा निरुता राई ‘टु–इन वान’का रुपमा उदाएकी छन् । सानैदेखि नृत्यमा पारंगत निरुताले जब नेपाली चलचित्र ‘तारेभीर’मा अभिनय गरिन्, तब उनका लागि मोडलिङमा बाटो खुल्यो । तर, निरुता मोडलिङमात्र गर्र्दिनन्, उनी मोडल तथा हिरोइनहरुलाई सुन्दर बनाउँने काम पनि गर्छिन् ।


मोडलिङसँगै विभिन्न म्युजिक भिडियोका लागि मेकअप पर्सनका रुपमा समेत काम गर्दै आएकी निरुता हिजोआज कला क्षेत्रमा ‘टु–इन वान’का रुपमा चिनिन्छिन् । एउटै व्यक्तिले अभिनय तथा मोडलिङसँगै मेकअपमेनको काम समेत गर्ने भएकाले उनलाई ‘टु–इन वान’को उपमा दिइएको हो ।


निरुताका लागि ब्युटिसियन पेसाजस्तै हो । तर, मोडलिङलाई भने उनले रहरका रुपमा मात्र लिएकी छन् । निरुता भन्छिन्, ‘मोडलिङ गरेर नाम र दाम कमाउने मेरो लक्ष्य होइन । खाली रहरमात्र हो ।’ स्कुल पढ्दैदेखि स्टेजमा नृत्य गर्दै आएको बताउँने निरुता भन्छिन्, ‘ढिलै भएपनि रहर र इच्छा पूरा गर्दैछु ।’ धरानकी निरुताले छोटो समयमै आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

Comments