फेसियल हाउसले महिला उद्यमशिलता विकासको काम पनि गर्छ : सुष्मा
screennepal
प्रकाशित: २०७४, २३ श्रावण सोमबार
no img

काठमाडौं, २३ साउन । म्यूजिक खबर डटकमद्वारा आयोजित ‘छैटौ म्युजिक खबर म्यूजिकल अवार्ड–२०१७’ मा सुषमा महरा म्युजिक खबर उद्यमी सम्मान–२०७४ बाट सम्मानी भएकी छन् । फेसियल हाउसकी सञ्चालन तथा ब्युटिसियन सुष्मा लामो समयदेखि नेपालको सौनदर्य ब्यवसायमा सक्रिय हुँदै नेपाली महिलाहरुलाई रोजगारी दिँदै आएकी छन् ।

महिला उद्योगशिलताको विकासमा निरन्तर कार्यरत रहेकाले महरालाई उक्त सम्मान गरिएको म्युजिक खवर म्युजिक अवार्डका आयोजकले जनाएको छ । महरा ‘फेसियल हाउस’मार्फत महिला तथा पुरुषका लागि रोजगारी सृजना गर्नुको साथै बार्षिक सयौ सौन्दर्यकर्मी उत्पादन गर्ने तथा महिला उद्योमी विकास गर्ने कार्यमा योगदान पु¥याउँदै आएकी छन् । उनीसँग स्क्रीन नेपालका लागि गरिएको कुराकानी :

-महिलाहरु उद्योग व्यवसायमा अघि बढ्न नसक्नुका कारण ?
महिलाको कुरा गर्दा विकसित मुलुकहरुमा महिला र पुरुषबीच केहि पनि भिन्नता छैन । तर, हाम्रो देशमा निकैनै भिन्नता छ । यहाँका महिलामा पारिवारिक दायित्व बढी छ जसले गर्दा उद्योग व्यवसायमा बढी समय दिन सक्दैनन् । यस्तै, लगानीको कुरा पनि छ । यो समाज महिलाले बढी लगानी लगाएर उद्योग खोले भने त्यसलाई संचालन गर्न सक्दैनन् भन्ने सोचबाट ग्रसित छ । हाम्रो सामाजिक सोच र पारिवारिक दायरा भित्र बस्नुपर्ने भएकाले पनि सोचे अनुरुप महिलाको उद्यमशिलता विकास हुन सकेको छैन । समय सधै एकैनास रहदैन पहिलाको तुलनामा धेरै परिवर्तन आएको छ ।

-नेपालमा महिला र पुरुषका लागि समान हक दिइएको छ नि ?
हकअधिकार कागजमा उल्लेख गरेर मात्र हुँदैन व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ । व्यवहारिक रुपमा हेर्ने हो भने अझै कार्यान्वयन भएको छैन । परम्परागत सोचमा परिवर्तन नआएसम्म सामाजिक तथा आर्थिक रुपमा परिवर्तन आउन सक्दैन । हाम्रो परम्परागत सोचमा परिवर्तन नल्याएसम्म जस्तोसुकै कानुन बनाएपनि व्यवहारिक रुपमा लागू हुन सक्दैन ।

-महिला उद्यमशिलता विकासका लागि तपाइँको संस्थाले के–कस्ता काम गर्दै आएको छ ?
फेसियल हाउस नाफामुलक सस्था भएपनि महिला उद्यमशिलता विकासका लागि वार्षिक विभिन्न कामहरु गर्ने गरेका छौं । यस क्षेत्रमा काम गर्न चाहने तर आर्थिक अभाव भएकाहरु लाई हामि निशुल्क ट्रेनिङ दिनुका साथै काम गर्ने अवसर प्रदान गर्दछौं । महिलाहरुले पनि केहि अफुसंग रहेको समय सदुपयोग गरेर घर परिवार र समाजलाई केहि दिन सक्छन् । यसैका लागि महिला उद्यमशिलता द्धारा आर्थिक, सामाजिक रुपान्तरण गर्नसक्छ भन्ने किसिमका कार्यक्रमहरु अघि बढाइरहेका छौं ।

-यो सम्मानले तपाईलाई के दियो जस्तो लाग्छ ?
मेरा क्षेत्रका विकृतिहरु लाई चिर्दै अनेक अफ्टेराहरुसंग लड्दै नेपालका महिला दिदी बहिनीहरुलाई सक्षम र उद्योमी बनाउने मेरो अभियानलाई यस सम्मानले अझ कार्यसील हुन हौसला प्रदान गरेको छ ।

Comments