‘नेशनल पावर न्युज एजुकेशन अवार्ड’ हुने
screennepal
प्रकाशित: २०७४, २५ असार आईतवार
no img

काठमाडौं, २५ असार । मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.ली.ले आगामी भदौ २४ गते नेशनल पावर न्युज एजुकेशन अवार्ड–२०१७ गर्ने भएको छ ।
आयोजकले राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजनाबारे जानकारी गराएको हो । आयोजक संस्थाका अध्यक्ष माधव राज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्नको लागि यस्तो अवार्ड गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘मलाई आशा छ, हामीलाई प्रयोजकहरु ,सम्पूर्ण कलेज, स्कूल, शिक्षक, अभिभावकहरुबाट सहयोग मिल्नेछ, जसले गर्दा यो अवार्ड सफल रुपमा सम्पन्न हुने हामीले विश्वास लिएका छौं ।

आयोजकका अनुसार उक्त अवार्डमा ५ सय भन्दा बढि स्कुल तथा कलेजहरुले भाग लिनेछन् । उक्त अवार्डमा सहभागी हुनेहरुको लागि आजैबाट फर्म खुलेको पनि आयोजकले जनाएको छ ।

Comments