साताको अनुहारमा निरुता राई (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, १४ असार बुधबार
no img

मोडल निरुता राई
तस्बिर : शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजारप्लाजा
मेकअप : सिर्जना कार्की

Niruta Rai (8)

काठमाडौं, १४ असार । कलाकारिता एउटा रहर हो, जहाँ गर्न सके नाम र दम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । यस्तै, निरुता राई पनि मोडलिङ र अभिनयमा रुचि राख्छिन् । हालैमात्र रिलिज भएको नेपाली चलचित्र ‘तारेभीर’ मा समेत देखिएकी निरुताले भनिन्, ‘मोडलिङ र अभिनय मेरो रुचिको विषय हुन् ।’

Niruta Rai (7)
हुन त निरुताले चलचित्र ‘तारेभीर’लगायत केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । चाँडै एक अर्को भिडियोमा देखिने तयारी गरिरहेकी निरुताले मोडलिङकै सिलसिलामा स्क्रीन नेपाल डटकमसँग फोटोसुट गराएकी छन् ।

Niruta Rai (4)
निरुताको यो पहिलो मिडिया फोटोसुट पनि हो । रुचि र इच्छा भएर पनि अहिलेसम्म फोटोसुटको साइत नजुरेकाले बल्ल समय आएको उनले बताइन् । धरानकी निरुताले भनिन्, ‘राम्रो राम्रो गीतको भिडियोमा अफर आए मोडलिङ गनृ तयार छु ।’ यिनै मोडलिङ र अभिनयमा रुचि राख्ने निरुतालाई स्क्रीन नेपालमा ‘फेस अफ द विक’मा प्रस्तुत गरेका छौं ।

Niruta Rai (2) Niruta Rai (1) Niruta Rai

Comments