आदिबासी जनजातिमा गुरुङ चलचित्र धेरै
screennepal
प्रकाशित: २०७४, १२ असार सोमबार
no img

असार १२,काठमाडौँ || नेपालमा थुप्रै जात-जाति भाषा-भाषिका मानिसहरु बसोबास गर्छन | यसैबीच आ-आफ्नो जात-जति अनुसार धर्म संस्कृति भाषा तथा रितिरिवाज फरक फरक रहेको छ | विविधताको धनि देश नेपाल यस्तै मौलिक संस्कृति र परम्पराले अत्यन्तै शुन्दर रहेको छ |
यस्तै जात जति – धर्म रितिरिवाज अनुसार फरक फरक भाषा र संस्कृतिले मनोरन्जन क्षेत्रमा पनि उत्तिकै संस्कृतिक सिर्जनाहरु भएका छन् | यसै विच मनोरन्जन क्षेत्रमा समेत आफ्नो भाषा र संस्कृतिलाई पस्कने परम्परा सदियौं देखि चली आएको छ |
आदिवासी जनजातीहरु यस क्षेत्रमा अग्रस्थानमा छन् | मनोरन्जन क्षेत्रमा आ-आफ्नो भाषा र संस्कृतिलाई उनेर चलचित्र निर्माण गर्ने क्रम उत्तिकै मौलाई रहेको छ | यसै विच काठमाडौँमा तमु (गुरुङ) कलाकार संघको आयोजनामा गुरुङ भाषा,संस्कृति,परम्परा चलचित्र निर्माण तथा विकाश बारे एक विचार गोष्ठी सम्पन्न भएको छ|]_MG_6285

चलचित्र विकास वोर्डको सहकार्यमा नेपाल सरकार सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमन गुरुङको प्रमुख आथित्यमा आयोजित उक्त गोष्ठीमा आदिवासी चलचित्रसंग सम्बन्धित विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो |
यस्तै कार्यक्रमको बिशेष अथितीमा चलचित्रविकाश बोर्डका मुख्य सचिव गुणराज श्रेष्ठ तथा तमु ह्युल गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गरुङ् रहेका थिए |
तमु ह्युल गुरुङ राष्ट्रिय परिषदको सभाहलमा आयोजित उक्त कार्यक्रममा अथिति रहेका चलचित्र कर्मी निर्देशक नबिन सुब्बाले एउटा कोठामा बसेर कथा लेखेर हैन गाउँ गाउँमा पुगेर कथा र पात्रत्रको अनुसन्धान गरेर मौलिक संस्कृतिमा चलचित्र बनाउनु पर्ने बताए |
यस्तै आदिवासी चलचित्र प्रवर्दन समितिका तर्फबाट चलचित्र निर्माता ज्योतिराज राइले नेपालमा भएका आदिवासी जनजाती मध्ये गुरुङ समुदायले धेरै चलचित्र निर्माण गर्ने गरेकोमा खुशी ब्यक्त गर्दै समय समयमा मौलिक चलचित्र निर्माण र बिकाशबारे कार्यशाला गोष्ठीको आयोजना र चलचित्र प्रबर्दनमा जोड दिनु पर्ने सुझाए| _MG_6575

यस्तै गुरुङ कलाकार,संगीतकार तथा गायक कृष्ण गुरुङले चलचित्र सफल हुनलाई गीत संगीतको भूमिका अहम हुने भन्दै मौलिक चलचित्रमा मौलिक गीत तथा संस्कृति अनिवार्य झल्कनु पर्ने तर्क राखे भने तमु ह्युल गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले अब गुरुङ चलचित्रले लाहुरे प्रथा भन्दा शिक्षा प्रणालीलाई समेटेर चलचित्र निर्माण गर्नु पर्नेमा जोड दिए|_MG_6378

तमु(गुरुङ)कलाकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा गुरुङ भाषाको गीतमा समेत अतिथि र सहभागीहरुले एकबद्धता जनाउदै नाचेर कार्यक्रमको समापन गरेको थियो | कार्यक्रमलाई संघको तर्फ बाट चर्चित गायक गणेश गुरुङले संचालन गरेको थियो | _MG_6297

_MG_6452

_MG_6575

_MG_6610

_MG_6595

Comments