बिहेको निम्तो बाँड्दै निशा-शरद !
screennepal
प्रकाशित: २०७४, १० असार शनिबार
no img

काठमाडौ, ११ असार । करिब ५ बर्ष प्रेम सम्बन्धपछि नेपाली चलचित्र उध्योगकी चर्चित नायिका निशा अधिकारी मल्ल र चर्चित क्रिकेटर शरद भेषवाकर श्रीमान्/श्रीमती बन्ने भएका छन् । उनीहरु असार १४ गते मेहन्दिको कार्यक्रमसंगै असार १६ गते शुक्रबार बैबाहिक बन्धनमा बांधिने भएका छन् ।

IMG_7254
यतिबेला आफ्ना निकटका साथि-भाई र आफन्तहरुलाई बिहेको निम्तो पठाउने तथा बिहेको तयारीमा दुबै परिवार जुटिरहेका छन् । बिबाहको भोज पनि शुक्रबार नै दरबारमार्गको एक तारे होटेलमा हुंदैछ । कार्य क्षेत्र अलग-अलग भएपनि जिन्दगीको यात्रामासंगै हिड्न लागेका निशा र शरद आ-आफ्नो क्षेत्रमा स्थापित छन् । निशा- शरदको बिहेको निम्तोको डिजाइन निकै कृयटिभ बनाइएको छ । कृकेटको बल, ब्याट र स्टम्ब्स राखेर डिजाइन गरिएको निम्तो कार्ड निकै आकर्शक देखिन्छ ।
सौगात मल्ल, बेनिशा हमालका साथमा निशाको समेत अभिनय रहेको सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र ‘झ्यानाकुटी’ लाई निशाले नै निर्माण गरेकी हुन् । उक्त चलचित्र भाद्र ८ गतेबाट रिलिज हुंदैछ ।

Comments