तेह्रथुमे ढाकामा खुले हङकङको समुद्रीतटमा हेम र सुस्मा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ९ असार शुक्रबार
no img

काठमाडौं, ९ असार । तेह्रथुमे ढाका बुटिकको सञ्जाल स्वदेशमा मात्र सिमित रहेन । विदेशमा समेत उत्तिकै लोकप्रिय बन्दै गएको छ  पछिल्लो केही समययता काठमाडौमा निर्माण हुने अधिकांश म्युजिक भिडियो तथा फोटोसुटमा तेह्रथुमे ढाका पहिरन छाइरहेको छ ।

photo (1)
पछिल्लो दिन तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु युके, अमेरिका, हङकङ, इजरायललगायतका मुलुकमा निर्माण हुने नेपाली गीतका भिडियोहरुमा उत्तिकै प्रयोग गर्न थालिएको छ । पछिल्लो उदाहरण हो, गायक दीपक लिम्बू र गायिका श्रेया सोताङले गाएको ‘सिरु खाश’ बोल गीतको भिडियो । गीतकार मीना सिंगकको शब्द र राजु सिंहको संगीत रहेको यस गीतको भिडियो समेत रिलिज भइसकेको छ ।

जुन गीत हङकङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको हो । यस भिडियोमा हेमराज अन्छङ्बो र सुस्मा लिम्बूले अभिनिय गरेका छन् । उनीहरु तेह्र्रथुमे ढाका बुटिकले तयार गरेको ढाका कन्ट्रास्ट परिहनमा देखिएका छन् । विक्रम गुरुङले खिचेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

photo (2)
ललिपुरको मिलन चोकमा रहेको तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङले भनिन्, ‘हिजोआज निर्माण हुँदै आएका अधिकांश म्युजिक भिडियोहरुमा तेह्रथुमे ढाका बुटिकको पहिरन जाने गरेको छ ।’ उनका अनुसार फोटोसुट र भिडियोसुटका लागि तेह्रथुमे ढाकाको दिनदिनै माग बढ्दै गएको छ ।

sushma & Hem (4)
युगल पोमुले निर्देशन गरेको यस ‘सिरु खाश’ भिडियोमा तेह्रथुमे ढाकामा मोडल हेमराज र सुस्मा निकै खुलेका छन् । तेह्रथुमे ढाका बुटिककी निरुले तयार गरेको आर्कषक ढाका पहिरन र हङकङको रमणीय समुद्रीतटको कम्बिनेशन साँच्चीकै लोभलाग्दो देखिएको छ । हेमराज र सुस्माले लगाएको आफ्नो पहिरनबारे निरुङले भनिन्, ‘यो पहिरन स्पेशली उनीहरुलाई लागि बनाएको हुँ । त्यसैले पनि उनीहरु भिडियोमा खुलेका छन् ।’ हुन त यस भिडियोका निर्देशक युगलसँग नेपालमा पनि धेरै काम गरिसकेकी छन् निरुले ।

sushma & Hem
म्युजिक भिडियो निर्देशनमा व्यस्त हुँदाहुँदै हङकङ गएका युगलले उता पनि निरुले नै तयार गरेको ढाका पहिरनलाई आफ्नो भिडियोमा प्राथमिकता दिँदे आएका छन् । यसका कारण के हो त ? डिजाइनर निरु भन्छिन्, ‘कारण केही नभएर तेह्रथुमे ढाकाको लोकप्रियता हो । हिजोआज यहाँ पनि ढाका पहरिनहरु बढी म्यजिक भिडियोहरुमा प्रयोग गर्न थालिएको छ ।’ उनका अनुसार केही समययता नेपाली फिल्मका लागि समेत ढाका पहिरनको डिमाण्ड हुन थालेको छ ।

photo
यसरी दिनानुदिन तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु चर्चा र लोकप्रिय हुन थालेपछि सेलिब्रेटीहरुको ढाका रोजाइ बन्न थालेको छ ।

photo (3)

छोटो समयमै आफ्नो पहिचान खुल्ने पुर्वेली विशेषतः तेह्रथुमे ढाका देश–विदेशमा लोकप्रिय बन्दै गएपछि निरु पनि दंग छिन् । उनी भन्छिन्, ‘तेह्रथुमे ढाकालाई यहाँसम्म ल्याउन निकै मिहिनेत पनि गरेकी छु । मिहिनेत गरेअनुसार अहिले फल पाउन थालेकी छु । उक्त बुटिक निरुले संगीता लिंखा लिम्बुसँग मिलेर खोलेकी हुन् ।

Comments