सविता : नाटकदेखि मोडलिङसम्म…! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २ असार शुक्रबार
no img

काठमाडौं, २ असार । मोडल तथा कलाकार सविता रेग्मी विशेषतः अभिनयमा रुचि राख्छिन् । झापा विर्तामोडकी सविताले डेढ सयभन्दा बढी सडक नाटकमा अभिनय गरिसकेकी छन् । करिब सात वर्षयता अभिनय तथा मोडलिङमा सक्रिय सविताले स्क्रीन नेपालसँग कुरा गर्दै भनिन्, ‘म नाटकबाट कलाकारितामा आएकी हुँ । मेरो मुख्य रुचि अभिनय नै हो ।’

sabita regmi (4)
हालैमात्र बृत्तचित्र ‘अठोट’ मा अभिनय गरेकी सविताले त्यसअघि ‘पाइला’ मा पनि अभिनय गरेकी छन् । त्यसका साथै गायक प्रमोद खरेल, समीर बिकलगायतका गायक/गायिकाको गीतको भिडियोमा मोडलिङ गर्न भ्याएकी सविता भन्छिन्, ‘एउटा कलाकार भएको नाताले अभिनय र मोडलिङ दुवै गर्न तयार छु ।’
सुन्दर र आर्कषक ज्यानकी यिनै मोडल तथा कलाकार सवितालाई स्क्रीन नेपालको नियमित सेग्मेन्ट ‘फेस अफ द विक’ प्रस्तुत गरेका छौं । सविताप्रति यहाँहरुको केही धारणा वा प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ ।

Model : SABITA, Photo: Kuber Tamang, MUA- Seema Gurung

sabita regmi (5) sabita regmi (2) sabita regmi (1) sabita regmi

Comments