‘पाङ्भे लेप्मेन्न्ले’मा रुपा–आयुश (भिडियो)
screennepal
प्रकाशित: २०७४, ३१ जेष्ठ बुधबार
no img

काठमाडौं, ३१ जेठ । गायिका गौरीमाया वनेम साउदेनको लिम्बू भाषाको नयाँ गीत ‘पाङ्भे लेप्मेन्न्ले’ को भिडियो सार्वजनिक भएको छ । पुर्वी नेपालको पर्यटकीय स्थलहरु गुफापोखरी, मेन्छ्यायेम, साँघु, जलजले, दोभानलगायतका स्थानमा छायांकन गरिएको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । काजिमान यक्सो लिम्बूको रचना र सन्तोष साउदेनले संगीतवद्ध गरेको यस भिडियोमा रुपा आङ्बुहाङ लिम्बू र आयुश साम्बा लिम्बूले अभिनय गरेका छन् । भुपेन्द्र तुबाहाङ्फे लिम्बूको छायांकन र निशान घिमिरेको सम्पादन गरेको यस भिडियोको प्रस्तुतकर्ता पूर्ण साउदेन ‘पान्धारे कान्छा’ हुन् ।

Comments