‘आज किन’ शिरफूलमा देव र विनिताको रोमान्स ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २८ जेष्ठ आईतवार
no img

काठमाडौं, २८ जेठ । चलचित्र ‘शिरफूल’को एउटा गीत सार्वजनिक गरिएको छ । ‘आज किन’ बोलको गीतलाई यु–ट्युबमाफृत सार्वजनिक गरिएको हो । पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रिएशन नेपालको संयुक्त व्यानरमा प्रस्तुत यस चलचित्रलाई कमल एक्चैमगरले निर्देशन गरेका हुन् ।
सार्वजनिक गीतमा गायकसमेत रहेका नायक देव आले र नायिका विनिताले रोमान्स गरेका छन् । हरि लम्साल र मेलिना राईको स्वर रहेको गीतलाई अजय स्याङताङले कोरियोग्राफी गरेका हुन् । यो चलचित्र हाल होम प्रोडक्शनमा रहेको छ ।
चलचित्रमा देव र विनिताका आलवा रुपा रानासँगै सुनिल मगर, राज थापा, निता पुन, पूजा गजल, नमिता तामाङलगायतको अभिनय छ । निरोज श्रेष्ठले खिचेको यस चलचित्रलाई आर्शीवाद पुनले निर्माण गरेका हुन् ।
‘शिरफूल’ को सार्वजनि प्रदर्शन अघि नै विदेशमा हुने शोबाट लगानी सुरक्षित गर्ने भएको छ । यस चलचित्रलाई विदेशका विभिन्न स्थानमा शोपछि मात्र नेपालमा रिलिज गर्ने लक्ष्य रहेको निर्माणपक्षले जनाएको छ ।

Comments