मोडल : निशा लिम्बू पोमु
पहिरन : कमल मानन्धर, कमल्स स्टुडियो बागबजार
लोकेशन : हट लिप्स, भीमसेनगोला
फोटो क्रियशन : स्क्रीन नेपाल डटम
काठमाडौं, १८ जेठ । पछिल्लो समय फेसन डिजाइनर कमल मानन्धर फेसन पारखीमाझ लोकप्रिय हुँदै गएका छन् । फोटोसुटदेखि फिल्मसम्म कमलकै क्रियशन खोज्न थालिएको छ । हिजोआज कमललाई नयाँ–नयाँ फेसन डिजाइन गर्न भ्याइनभ्याई छ । यिनै फेसनको दुनियाँमा चम्किँदै गएका डिजाइनर कमलले तयार पारेको ब्लु कलरको पहिरनमा अभिनेत्री तथा मोडल निशा लिम्बू पोमु देखिइन् । नेपाली फिल्म ‘दुस्साहस’ले आयोजना गरेको एक औपचारिक भेटघाट कार्यक्रममा निशा ब्लु कलरको पहिरनमा निकै खुलेकी थिइन् । अरु ककलाकार भन्दा फरक लुक्समा देखिएकी निशा कार्यक्रममा आर्कषण बनेकी थिइन् । आफ्नो आर्कषणमा उनले फेसन डिजाइनर कलमलाई श्रेय दिएकी छन् ।
दिनेश लिङ्देन निर्देशित ‘दुस्साहस’ निशाको डेब्यु फिल्म हो । भीमसेनगोलास्थित हट लिप्स रेष्टुरेण्टमा आयोजित कार्यक्रममा आफ्नो डेब्यु फिल्मबारे पत्रकारसँग निशाले भनिन्, ‘मैले फिल्म दुस्साहस गर्ने निर्णय गरेँ, जुन चलचित्रबाट आशावादी पनि छु ।’ पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेकी निशाले आफ्नो मिहिनेतको सम्मान गर्दै सहयोग र साथ दिन मिडियाकर्मीलाई अनुरो पनि गरेकी छन् । यो चलचित्र हाल होम प्रोडक्सनमा रहेको छ ।
बागजारस्थित सिटी स्क्वेरमा कमल्स कस्ट्युम स्टुडियो सञ्चालनमा ल्याएर फेसन पारखी तथा सेलिब्रेटीहरुलाई नयाँ–नयाँ पहिरन उपल गराउँदै आएका कमल भन्छन्, ‘हिजोआज त मलाई भ्याइनभ्याई छ ।’ उनले यसै महिनमा मात्र दर्जन म्युजिक भिडियो र केही चलचित्रका लागि पहिरन तयार गरेको सुनाए । कमलले नेपाली फिल्म ‘ऐश्वर्या’, ‘डाइरी’, ‘क्रु’लगायतमा पहिरन डिजाइन गरेका छन् । एक किसिमले भन्ने हो भने हिजोआज अधिकांश कलाकार तथा सेलिब्रेटी कमललाई खोज्दै बागजार पुग्ने गरेका छन् ।