काठमाडौं, १८ जेठ । भनिन्छ, नारीको महिमा समाजमा एउटा प्रतिष्ठासंग जडित हुन्छ । जसको महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिसहरु बस्छन्, त्यही भिडमा समाजको बिकृतिबिरुद्ध लड्ने केहीमात्र हुन्छ । त्यही भिडको एउटा प्रतिनिधित्व हो, छोटो (लघु) चलचित्र अञ्जली ।
अमृता ओलीको लेखन तथा निर्माणका बनेको सामाजिक जनचेतनामा आधारित फिल्म ‘अञ्जली’ निर्माण भएको छ । थुप्रै म्युजिक भिडियो र शर्ट फिल्महरु निर्देशन गरिसकेका मदन खड्काको निर्देशन, गीतकार शिब पि सुबेदीको कथा, गीत र संगीतमा रहेको यस चलचित्रमा सुरबिर पण्डित, रमा थापलिया, लब शर्मा, पलपसा डगोल, ऋचा थापा, अमृता ओली, बरुण घिमिरे, सञ्जय भण्डारी, अर्जुन श्रेष्ठले अभिनय गरेका छन् ।
टंक केसीको छायांकन, बिकाश ज्ञवालीको सम्पादन तथा बरुण घिमिरेको निर्माण ब्यबस्थापनमा तयार लघु फिल्म अन्जली काठमाडौ र त्यस आसपासका स्थानमा छायांकन गरिएको हो । सो लघु फिल्मको डाइलगहरु राज टिका पान्डेले तयार पारेका हुन ।
समाजमा बिद्यमान नारीबाटै नारीप्रतिको प्रतिसोध र नारी भित्रकै शक्ती र नारीको माया र ममतामा हुँदा घरपरिवार अनि समाजमा कस्तो खालको प्रभाव पर्दछ र त्यसले कस्तो परिबर्तन ल्याउदछ भन्ने फिल्ममा चित्रण गरिएको निर्माता अमृता ओलीले बताइन् ।