राजधानीमा खुल्यो कान्तिपुर फिल्म एकेडेमी
screennepal
प्रकाशित: २०७४, ५ जेष्ठ शुक्रबार
no img

काठमाडौं, ५ जेठ । राजधानीमा कान्तिपुर फिल्म एकेडेमी सञ्चालनमा आएको छ । नेपाली चलचित्रको स्तरोन्ततीसँगै चलचित्रमा प्रवेश गर्ने युवाको संख्या बढिरहेको बेला फिल्म एकेडेमी सञ्चालनमा आएको हो । युवाहरुको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय फिल्म अध्ययनको लागि एकेडेमीको आफ्नो भवन मैतिदेवीमा शुक्रबार एक कार्यक्रमबी औपचारिक सार्वजनिकिकरण गरिएको छ ।
अन्र्तराष्ट्रिय स्तरको अध्ययन अध्यापन गराउने भन्दै स्थापना भएको कान्तिपुर फिल्म एकेडेमिलाइ बरिष्ठ निर्माता छबिराज ओझाले सन्चालनमा ल्याएका हुन् । सो एकेडेमिमा ओझा सहित प्रकाश पुरी , बिमल सुवेदी ,नरेश कुमार केसि दयाराम घिमिरे , पृथ्वीराज प्रसाइ र सुरज चिलुवाल को संलग्नता रहेको छ ।
परिवर्तित समयमा सक्षम र कुशल चलचित्रकर्मि को खाचो महसुस गरि फिल्म एकेडेमि सन्चालन गरेको ओझा बताउछन् । उनि भन्छन् एक बर्ष कान्तिपुर मा अध्ययन गरेका बिधार्थिले सिधै फिल्मको अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
सोहि अवसरमा एकेडेमिले रसियाको एक एक्टिङ्ग इन्टिच्यूट संग केहि सम्झौता पनि गरेको छ । जस अनुसार पहिलो चरणमा कान्तिपुर फिल्म एकडेमि बाट अभिनय बिधा बाट २ जना बिधार्थि संजोग रसाइली अनिल कँडेल र निर्देशन बिधाबाट १ जना बिधार्थि परिच्छेद सेन लाइ स्कलरसिपमा अध्ययनको मौका दिइएको छ ।
हाल फिल्म मेकिङ तथा अभिनयमा एडमिसन खुल्ला गरेको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए ।

Comments