१ हजार करोडमाथि कमाएर ‘बाहुबली–२’ले राख्यो नयाँ रेकर्ड !
screennepal
प्रकाशित: २०७४, २४ बैशाख आईतवार
no img

काठमाडौं, २४ बैशाख (एजेन्सी) । बलिउड बक्स अफिसमा फिल्म ‘बाहुबली–२’ले नयाँ रेकर्ड राखेको छ । एसएस राजामौलीको यस फिल्मले कमाइको हिसाबले भारतमा अहिलेसम्मका सबै रेकर्ड तोड्दै नयाँ इतिहास राख्न सफल भएको हो । यो फिल्मले संसारभरबाट १ हजार करोडको कमाई गरेको छ । यो कुराको जानकारी ट्रेड एनालिष्ट रमेश बालाले ट्विटमार्फत दिएका हुन् ।
निर्माता तथा निर्देशक करण जोहरले पनि ट्विट गर्दै फिल्मले १ हजार करोड पार गरेको बताएका छन् । उनले फिल्म ‘बाहुबली–२’ भारतीय सिनेमाका लागि माइलस्टोन साबित भएको बताएका छन् ।
यो फिल्मले रिलिजको ९ दिनभित्र यो आँकडा पार गरेको हो । फिल्मले भारतमा ६ सय करोडभन्दा धेरैको कमाइ गरेको छ भने विदेशमा लगभग २ सय करोडको कमाइ गरेको छ ।
फिल्मको हाउसफूल शो हेर्दा अञ्दाज लगाउन सकिन्छ कि यसले १५ सय करोडको आँकडा पार गर्ने सम्भावना देखिएको छ ।
फिल्मका नायक प्रभासले आफ्नो फेसबुक पेजमा आफ्ना प्रशंसकलाई फिल्मको सफलता र उनीहरुको प्रेमका लागि आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

Comments